Bisal Chautari Logo

गायिका साहिमा र अभिनेता जिवन लुईटेलको मस्ति (साथमा फोटोफिचरपनि)

- ९ असार २०७०, आईतवार ०२:५१ मा प्रकाशित


विशाल चौतारी सम्वाददाता ।
काठमाडौ ।  अहिलेकि हट गायिकाको रुपमा परिचित सहिमा श्रेष्ठको नया एल्बम मस्तीको शिर्ष गित मस्ती मस्ती भन्ने बोलको गीतको म्यूजिक भिडियोको छायाकन गत शुक्रवार काठमाडौमा भएको छ । मस्ति मस्ति बोलको गितमा गायिका स्वयमले अभिनय गरेकि छिन् । भिडियोमा गायिका श्रेष्ठको कामुकतालाई दर्शकहरुले हेर्न पाउने छन् । सो भिडियोमा अहिलेका चर्चित अभिनेता जिवन लुईटेलले गायिका श्रेष्ठलाई साथ दिएका छन् ।
पछिल्लो समय निर्देशक नेपाली सांगीतिक फाँटमा म्युजिक भिडियो निर्देशनमा निक्कै व्यस्त रहेका समन अधिकारले निर्देशन गरेको यस भिडियोमा सिनेमेटोग्राफी बिदुर पाण्डेयले गरेका छन् भने कोरियोग्राफी निर्मल गुरुङको रहेको छ ।
यस भन्दा अगाडि गायिका साहिमा श्रेष्ठले नेपालि साङ्गितिक क्षेत्रमा हेरेको हेरेकै, गल्ति भयो मेरै, दोबाटोमा बोलका गितका भिडियोहरु सफल भएका थिए । गायिका श्रेष्ठ यस भिडियोबाट अझबढि सफल हुनेमा विस्वस्त रहेका छन् । भन्छिन्, यस भिडियोमा पछिल्लो पुस्तालाई लक्ष्ति गरि गित र भिडियोलाई प्रस्तुत गरेकाले दर्शक तथा मेरा फ्यानहरुले मनपराउनु हुनेछ । भिडियो एल्बम मस्तीमा समावेश गरिएकाले एल्वमसंगै बजारमा आउने छ । गायिका सहिमाको सो गितमा रेखा पौडेलको शब्द तथा संगीत रहेको छ । भिडियोमा मोडल सुप्रिया कट्टवालपनि रहेकि छिन् ।


प्रतिक्रिया