Bisal Chautari Logo

आशिकी–२ कि अभिनेत्रीत्री श्रद्धालाई बलिउड फलिफाप

- ९ असार २०७०, आईतवार ०४:२४ मा प्रकाशित



मुम्बई। बलिउडमा पाइला टेक्न जति गाह्रो छ, त्यो भन्दा गाह्रो करिअर बनाउन गाह्रो छ । तर, कसैलाई भने बलिउडमा फड्को मार्न केही बेरै लाग्दैन । यस्तै, आशिकी–२की हिरोइन श्रद्धा कपुरका लागि पनि बलिउडको ढोका ढक्ढक्याउन खासै गाह्रो भएन । भनिन्छ, बलिउडमा परिवारवाद चल्छ । तर, श्रद्धालाई बाबु शक्ति कपुर कलाकार भएकै कारण बलिउड छिर्न सजिलो भएको पक्कै होइन ।

उनि अभिनीत आशिकी–२ पछिल्लो समय रुचाइएका थुप्रै चलचित्रमध्ये एकमा पर्‍यो । म्युजिकल स्टोरीमा तयार पारिएको यस सिक्वेल फिल्मले युवा दर्शकको मन जित्न सफल भएपछि श्रद्धालाई फाइदा भएको हो । यसै फिल्मबाट बलिउडमा करिअर सुरु गरेकी श्रद्धाका लागि चारैतिर ढोका खोलिन थालेको छ । तर, यी नयाँ अभिनेत्रीको अडान भने गजबकै छ । उनी भन्छिन्, म सिनियर अभिनेतासँग काम गर्दिनँ ।

श्रद्धाले सिनियर बच्चन परिवारसग काम गर्न इन्कार गरेकी छन् । श्रद्धा भन्छिन्, सिनियर बच्चन परिवारसग मात्र नभई अन्य दिग्गज कलाकारसग पनि अहिल्यै काम गर्न चाहन्न । तर, उमेश शुक्लाको आगामी फिल्ममा अभिषेक बच्चनसँग काम गर्न तयार भएकी छन् । यस्तै, उनले मोहित सुरीको फिल्ममा पनि काम गर्ने निर्णय गरेकी छन् । सुरीको फिल्ममा सिद्धार्थ मल्होत्रा हिरो रहने भएका छन् ।
सिद्धार्थ पनि बलिउडको नयाँ अनुहार हुन् । स्टुडेन्ट अफ द इयर मार्फत बलिउडमा करिअर सुरु गरेका सिद्धार्थलाई सुरीको फिल्ममा काम गर्न श्रद्धाले नै मनाएकी हुन् । रातारात बलिउडमा चम्किन थालेकी श्रद्धाले भनिन्, हरेक हिरोइन सिनियर अभिनेतासँग काम गर्न चाहन्छन् तर म विल्कुल यस्तो चाहन्नँ । समाचारमा जनाइएअनुसार श्रद्धा रणवीर कपुर, आयुष्मान खुराना र वरुण धवनजस्ता हिरोसँग काम गर्न चाहन्छिन् ।

प्रतिक्रिया