Bisal Chautari Logo

लागुऔषध तथा एचआइभी पिडित राजकुमार, संगितबाट जनचेतना फैलाउदै

- १० असार २०७०, सोमबार ०५:३३ मा प्रकाशित



विशाल चौतारी सम्वाददाता
काठमाडौं । लागु औषध दुव्र्यसनी तथा एचआइभी रोगबारे जनचेतना फैलाउन गायक राजकुमार गुरुङको पहिलो म्युजिक भिडियो मोड सार्वजनिक भएको छ । उनिपनि एचआइभी पिडित भएकाले यो म्युजिक भिडियो हेरेपछि एचआइभी रोगसग लड्न सक्ने क्षमता बृद्धि हुने गायक गुरुङले बताए । भने – एचआइभी रोग भनेको अन्त्य होइन सुरुआत हो, यो रोगसाग लड्नु जान्नुपर्छ हार्नु होइन् ।

फेसबुकमा मिल्नुहोस https://www.facebook.com/pages/Bishal-chautari/260522217427228 


१८ वर्षको उमेरदेखि लागु औषध दुव्र्यसनीमा लागेका गुरुङ गल्तिहरुमा हार नमान्नपनि लागु दुव्र्यसनिमा लागेकाहरुलाई सुझाव दिन्छन् । भन्छन् –लागु औषध दुब्र्यसनीमा फसे र एचआइभी पिडित पनि भए तर पनि मैले हार भने मानेको छैन्, गायक गुरुङले बताए । जिवनको अन्तिम घडिसम्म सङ्गीत क्षेत्रमा नै लागिरहने बताउदै, गुरुङले भने लागु दुव्र्यसनि विरुद्ध जनचेतना फैलाउनेछु ।
संगती बृहत्तर सेवा केन्द्र (लागु औषध दुव्र्यसन उपचार तथा पुनस्थापना केन्द्र) सञ्चालन गदै आएका गुरुङको म्युजिक भिडियोलाई हरियाली फिल्म प्रा.लिको प्रस्तुती रहेको छ । गायक गुरुङकै शब्द र संगीत रहेको सो भिडियोमा सुरज मालीले संङ्गती संयोजनमा गरेका छन् ।

प्रतिक्रिया