nirjan thapa movie LALTEEN Charity money rp bhattarai family
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ माघ २३ आइतबार । भानु प्रताप निर्मित चलचित्र ‘लाल्टिन’बाट डेब्यु गरेका नव अभिनेता तथा ‘म्यानहन्ट इन्टरनेशनल नेपाल २०११’ निर्जन थापाले च्यारिटीबात उठेको रकम स्वर्गीय कलाकार ‘आरपी भट्टराई’ (लाजालाम)को परिवारलाई प्रदान गरेको छ । अभिनेता निर्जन थापाको नेतृत्वमा भएको च्यारिटीबाट उठेको ५० हजार नगद ‘लाजालाम’ परिवारलाई प्रदान गरिएको हो ।
बेंकर अनिल केसरी शाहको हातबाट प्रदान गरिएको उक्त रकम एक कार्यक्रमका बीच प्रदान गरिएको थियो । रकम आरपीको श्रीमती सरु भट्टराईलाई प्रदान गरिएको थियो । कार्यक्रममा चलचित्र क्षेत्रका वरिष्ट व्यक्तित्वहरु उपस्थिति रहेको थियो ।
देवकुमार श्रेष्ठ निर्देशित ‘लाल्टिन’ सार्वजनिक प्रदर्शनमा भने चैत १८ मा आउनेछ । चलचित्रमा दयाहायाङ राई, प्रियङ्का कार्की, केकी अधिकारी, अर्जुन गुरुङ, जनक बर्तौला, मोहन बहादुर श्रेष्ठ, कमल आले, नबिन शाह, राज कटुवाल, निर्जन थापा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र ‘चमेली’ बोलको आइटम नम्बर अहिले चर्चामा रहेको छ ।
चलचित्रमा रोशन श्रेष्ठको द्वन्द रहेको छ भने कोरीयोग्राफी कबिराज गहतराज, डिकेश र भानुले गरेका छन् । चलचित्रको सम्पादन अर्जुन जि सि र मिलन श्रेष्ठले गरेका हुन् । डिजराज पौडेल, किरन माइकल र बिनोद ढकालले फिल्ममा संगीत भरेका छन् ।
प्रतिक्रिया