Bisal Chautari Logo

प्रदर्शन मिति तय नगरिएको चलचित्र ‘कुम्भ करण’को टिजर रिलिज (भिडियो सहित)

- १६ माघ २०७३, आईतवार १२:०५ मा प्रकाशित


Nisha Adhikari and Bhola Raj Sapkota movie KUMVA KARAN Teaser
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ माघ १६ आइतबार । प्रदर्शन मिति तय नगरिएको चलचित्र ‘कुम्भ करण’को टिजर रिलिज भएको छ । कमेडी शैलीमा तयार पारिएको यो चलचित्रको केन्द्रमा नायिका नीशा अधिकारी देखिएकी छिन् । एक गाउँमा पढाउने शिक्षिकाको रुपमा उनी देखिएकी छिन् ।
Nisha Adhikari and Bhola Raj Sapkota movie KUMVA KARAN Teaserटिजरमा उनलाई केन्द्रमा राख्दै चलचित्रका मुख्य कलाकार गौरव पहारी, भोला सापकोटा, अभय बराललाई देखाइएको छ । उनीहरु ३ जनाकै आँखा निशामाथि देखिएको छ । आकाश पल इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई दीपक वलीले निर्देशन गरेका हुन् । चलचित्रमा आकाश पल, कुलदिप अधिकारी, कमल गाउँले, प्रतिभा क्षेत्री, सद्भाव थापा लगायतका कलाकारलाई पनि दर्शकले देख्न सक्नेछन् । महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको यो चलचित्र सुरेन बसेलको नृत्य निर्देशन, हरि लामाको छायांकन, अर्जुन जीसी र मिलन श्रेष्ठको सम्पादन छ । आकाश पलको प्रस्तुतीमा तयार भएको चलचित्रमा क्षितिज बस्नेतको निर्माण, रोम वलीको सह–निर्माण छ ।

KUMVA KARAN – New Nepali Movie Official Teaser 2017/2073 | Bhola Raj Sapkota, Nisha Adhikari

New Nepali Movie KUMVA KARAN
Casts : Bhola Raj Sapkota, Nisha Adhikari, Gaurav Pahari
Abhay Baral, Aakash Pal, Kuldip Adhikari, Kamal Gaule, Pratibha Chhetry, Sadbhav Thapa
Music : Govinda Madhur Acharya, Binod Dhakal, Jayan Waiba
Background Score : Jason Kunwar
Publicity Design : Shann Thapa
VFX : Achyut Gajurel
Dubbing : Kiran Basi
Sound Designer : Mukesh Shah
Choreographer : Suren Basel
Colorist : Renish Phago
Post : Film Motion Nepal Pvt. Ltd.
Story/Screenplay/Dialogues : Mahesh Dawadi
D.O.P : Hari Ghale Lama
Editor : Arjun GC, Milan Shrestha
Presenter : Aakash Pal
Exe-Producer : Rom Oli
Producer : Kshitiz Basnet
Director : Dipak Oli

प्रतिक्रिया