Bisal Chautari Logo

‘तितो सत्य’का कलाकारलेपनि पारिश्रमिक नपाएपछि विकल्प खोज्दै दीपक

- २७ बैशाख २०७१, शनिबार ११:१४ मा प्रकाशित


Tito-Satya-Deepak-Raj-Giri 
कठमाडौं, २०७१ बैशाख, २७ शनिवार । नेपाल टेलिभिजनबाट प्रशारण भैरहेका नेपालका ३ चचिर्त हाँस्य सिरियलहरु क्रमश: ‘तितो सत्य’, ‘जीरे खुर्सानी’ र ‘मेरी बाँस्सै’ आर्थिक रुपले संकटमा परेका छन् । 
पारिश्रमिक नपाएपछि केही समय अगाडी ‘मेरी बाँस्सै’का चचिर्त कलाकारद्धय केदार घिमिरे र विल्सन विक्रम राइले सिरियल छोडिसकेका छन् । यस्तै क्रममा अर्को चर्चित टेलिसिरीयल ‘तितो सत्य’ का निर्माता तथा निर्देशक दीपकराज गिरीले आफ्नो टिम बैकल्पिक खोजीमा लागेको बताए । 
हास्य अभिनेता दीपकले सकेसम्म कुरा मिलाउने सोचाइमा पनि रहेको बताएका छन् । आथिर्क रुपमा कुरा मिलाउने गाह्रो हुने बताउँदै अभिनेता गिरीले भने–‘यसैले पनि टेलिभिजन परिवर्तन  गर्ने सोचाईपनि पलाएको छ ।’ अनौपचारिक रुपमा कान्तिपुर टेलिभिजनबाट ‘तितो सत्य’ प्रशारण गर्ने कुरा पनि भैरहेको हास्य अभिनेता दिपकराजले बताए । 
हास्य अभिनेता दिपकराज गिरीले उठ्न बाकि पैसाको बारेमा बोल्दै भने–‘आफूहरुले नाम, दाम कमाएको नै ‘तितो सत्य’बाट हो । आजसम्म साथ दिदै आएको संस्था नै टाट पल्टेकाले उसँग कुनै गुनासो छैन’, गिरीले बताए । 
तिन सिरीयल ‘तितो सत्य’, ‘जीरे खुर्सानी’ र ‘मेरी बाँस्सै’ले मिडिया हबसँग अढाई करोड पारिश्रमिक लिन बाँकी छ । तर मिडिया हब स्वयंम नै आथिर्क रुपमा टाट पल्टिएको छ । त्यसैले सिरियलका निर्माताहरु पनि विकल्प खोज्ने सुरमा रहेका छन् । मिडिया हब ‘मेरी बाँस्सै’को निर्माता हो भने अन्य २ हाँस्य सिरियलसँग भने सहकार्य गर्दै आएको छ । Deepak Raj Giri is the script writer, director, and one of the main characters.

ad

प्रतिक्रिया