Bisal Chautari Logo

५० वर्ष अगाडिको मुद्धामा अदालतले सजायमा ७५ प्रतिशतसम्म छुट दिने

- १२ असार २०७०, बुधबार १०:४० मा प्रकाशित


काठमाडौं, बुधबार १२ असार, २०७० — काठमाडौ  जिल्ला अदालतले अन्तिम फैसला बमोजिम कैद, जरिवाना वा सरकारी बिगोमा बेरुजु बाँकी रहेको पुरानो लगतवाला कसुरदारलाई २५ देखि ७५ प्रतिशतसम्म छुट दिने भएको छ । बीस वर्षदेखि ५० वर्ष अघिसम्मका पुरानो मुद्दाका कसुरदारले यही असार महिनादेखि ६ महिनाभित्र कैदमा बस्न, जरिवाना तिर्न वा सरकारी बिगो बुझाउन निवेदन दिएमा जिल्ला अदालतले सो छुट दिने भएको हो।
प्रतिकृयाको लागि https://www.facebook.com/pages/Bishal-chautari/260522217427228
मुलुकी ऐन दण्डसजाय महलको दफा २४ बमोजिम ५० वर्षअघिको मुद्दामा ७५ प्रतिशत, ३० देखि ५० वर्ष अघिसम्मको मुद्दामा ५० प्रतिशत र २० देखि ३० वर्ष अघिसम्मको मुद्दामा २५ प्रतिशतसम्म छुट दिने निर्णय गरिएको हो। सो निर्णय सर्वोच्च अदालतको वेबसाइटमा राखिएको छ। रासस

प्रतिक्रिया