Bisal Chautari Logo

‘नेपाल आइडल’ सुरु हुदै || विजेतालाई २० लाख नगद पुरस्कार र कार (भिडियोसहित)

- ९ माघ २०७३, आईतवार १९:५५ मा प्रकाशित


nepal idol press meet nhyoo bajracharya indira joshi and kali prasad baskota

विशाल चौतारी समाचार
तस्बिर तथा भिडियो : बिशाल राई
काठमाडौ, २०७३ माघ १० सोमबार । भारतमा गायन प्रतियोगीताको सबैभन्दा ठूलो रियालिटी शो ‘इन्डियन आइडल’ चलिरहेको बेला नेपालमा पनि नेपाल आइडल सुरु हुने भएको छ । विश्वका विभिन्न ५० भन्दा बढी देशमा लोकप्रिय बनेको आइडल श्रृङखला अब नेपालमा पनि सुरु हुने भएको हो ।
nepal idol press meet nhyoo bajracharya indira joshi and kali prasad baskotaआइडलको मापदण्डलाई पुरा गर्दै चाडै नै नियमित प्रशारण आरम्भ गर्न लागेको ‘ए.पी १’ टेलिभिजनले यसको सम्पूर्ण अधिकार लिएको छ । अहिलेलाई ३ बर्षका लागि यसको अधिकार लिइएको ललितपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । केहि दिनमै नेपाल आइडलको अडिसन सुरू हुनेछ ।
सांगीतिक एल्बमका लागि गीत रेकर्ड गरिसकेका व्यवसायिक गायक र गायिकाले समेत यसमा भाग लिने पाउनेछन् । यो शोको विजेताले महिन्द्रा केयुभी वान ओ ओ, २० लाख नगद पुरस्कार र १५ लाख रुपैयाा बराबरको भिडियो एल्बमको करार पनि प्राप्त गर्नेछन् ।
nepal idol press meet nhyoo bajracharya indira joshi and kali prasad baskota (3)बढीमा ३२ भागसम्म यो शो प्रशारण गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो प्रतियोगीताको निर्णायकहरुमा संगीतकार न्ह्रयू बज्रचार्य, संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी छन् । उनीहरुले सहि प्रतिभालाई चयन गर्ने बताएका छन् ।
अन्तरराष्ट्रिय फ्रेन्चाइज प्राप्त यो कार्यक्रममा नेपाल भित्र र नेपाल बाहिरका नेपाली नागरिकता भएका १६ देखि ३० बर्ष भित्रका नेपालीले सहभागीता जनाउन पाउनेछन् ।
यसको अडिसन नेपालगञ्ज, बुटवल, नारायणगढ, विरगंज, विराटनगर, पोखरा र काठमाण्डौमा हुनेछ । अडिसनका लागि तोकिएको स्थानभित्र बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म उपस्थित हुनुपर्ने आयोजकले बताएको छ ।

nepal idol press meet nhyoo bajracharya indira joshi and kali prasad baskota (2)

nepal idol press meet nhyoo bajracharya indira joshi and kali prasad baskota (1)

प्रतिक्रिया