Tayahangma Rai live performance 2017 Songs
विशाल चौतारी समाचार
तस्बिर तथा भिडियो : बिशाल राई
काठमाडौ, २०७३ माघ ४ मंगलबार । गायिका तायाहाङ्मा राई पछिल्लो समय कन्र्सट तथा गीत रेकर्डिङमा ब्यास्त रहेकी छिन् । पछिल्लो पुस्ताको गायिकाहरुमा निकै अगाडी आइरहेकी गायिका तायाहाङ्माले केही दिन अगाडी काठमाडौमा धमाकेदार प्रस्तुती दिएकी छिन् ।
जमल स्थीत राष्ट्रिय नाचघरमा भएको मिसेस हिमालयनको फाइनल कार्यक्रममा धमाकेदार प्रस्तुती दिएकी हुन् । कार्यक्रममा गायिका तायाहाङ्माले सधै प्रस्तुत गर्ने गितहरु भन्दा फरक गीतहरु प्रस्तुत गरेकी थिइन् । कालो पाइन्ट, कालो टिसर्ट र कालै जिन्सको ज्याकेटमा स्टेजमा उत्रिएकी गायिका तायाहाङ्माले ‘कुरी रहे’ बोलको गीतबाट दर्शकहरुलाई नचाइन् । त्यसपछि क्रमश ‘को होला त्यो’ र ‘बैस’ बोलको गीतबाट दर्शक नचाएकी थिइन् । दर्शकहरु माघको जाडोलाई वास्ता नगरि संगीतको तालमा झुमिरहेका थिए ।
प्रतिक्रिया