Bisal Chautari Logo

परिवारबाटै सदरुलको हत्या भएको खुलेपछि १० लाख फिर्ता

- १३ असार २०७०, बिहीबार ११:२२ मा प्रकाशित


बिहीबार १३ असार, २०७० काठमाडौ । पूर्वसभासद् सदरुल मियाँ हकका परिवारलाई क्षतिपूर्ति स्वरुप दिने भनिएको दश लाख रुपियाँ सरकारले नदिने निर्णय गरेको छ ।
सिंहदबारमा आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दश लाख रुपियाँ दिने आफ्नो पुरानो निर्णय उल्टाएको हो । पूर्व सभासद् मियाँलाई पत्नि र छोरीकै योजनामा हत्या गरेको अनुसन्धानबाट खुलेपछि रकम फिर्ता भएको हो।
पूर्वसभासद मियाँको हत्यापछि आफन्त र स्थानीयले सप्तरीमा क्षतिपूर्तिको मागसहित आन्दोलन चर्काएपछि सरकारले परिवारलाई दश लाख दिने निर्णय गरेको थियो । यसैबीच, सरकारले विदेशी नियोगहरुबाट मन्त्रीले पाउने उपहार सरकारलाई बुझाउनु पर्ने निर्णय गरेको छ । मन्त्रीहरुले अब उपहार घर लैजान पाउने छैनन् । उपहार व्यवस्थित गरेर राख्ने सरकारले परराष्ट्रमन्त्रलयलाई कार्यविधि बनाउन निर्देशन दिएको छ ।
मन्त्रिपरिषद अध्यक्ष र मन्त्रीले प्रधानमन्त्री राहत कोषमा सात दिनको तलव दिने निर्णय गरेको एकमन्त्रीले जानकारी दिएका छन् । सरकारले एडीबीको सात अर्व ऋण र विश्व बैंकको नौं अर्ब ऋण अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया