Bisal Chautari Logo

पर्दामा निखिल भर्सेज दयाहाङ र रेखा || पोस्टर सार्वजनिक गर्दै ‘निर्भय’ रिलिज घोषणा

- २८ पुष २०७३, बिहीबार ०३:५९ मा प्रकाशित


Nikhil Upreti and Nita Dhungana movie Nirbhay First Look poster
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ पौष २८ बिहिबार । एक्शन किङ निखिल उप्रेती स्टारर फिल्म ’निर्भय’ को औपचारिक रिलिज तय भएको छ । यसअघि माघ २८ तय गरिएको रिलिजमा फेरबदल गर्दै निर्माण टिमले नया मिति तय गरेको हो । अब फिल्म आगामी चैत्र ११ मा रिलिज लक भएको छ ।
Nikhil Upreti and Nita Dhungana movie Nirbhay First Look posterमाघ महिनामा नै निखिलको अर्को फिल्म ’किङ’ रिलिज हुने भएपछि पर्दामा केहि समयको अन्तर आवश्यकता गर्दै ’निर्भय’ रिलिज चैत्र ११ लाइ लक गरिएको निर्देशक मधुसुदन भट्टराईले बताए । फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै रिलिज तय गरियो । सार्वजनिक दुई पोस्टरमा निखिलको ’एङ्ग्री लुक्स’ समावेश छ भने अर्को पोस्टरले अभिनेत्री नीता ढुङ्गानासागको प्रेमभाव बोल्छ ।
प्रसिद्धी सिने आर्ट्सको व्यानरमा बनेको फिल्मका निर्माता देवीप्रसाद पाण्डे हुन् । निखिल र नीतासागै विकास चापागाईं, प्रज्वल गिरी, सुशिल पोखरेल, विशाल पहारी, प्रदिप ढकाल, प्रकाश न्यौपाने, मेन्दी बाबु, रश्मी भट्ट, कृष्ण शिवाकोटी लगायत ’निर्भय’मा अभिनयमा छन् ।
हिमाल केसीको द्वन्द्व समावेश फिल्मलाई रामशरण उप्रेतीले खिचेका हुन् । ’निर्भय’मा नृत्य निर्देशन रामजी लामिछानेको छ भने संगीत अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको छ । वनिश शाह र भुपेन्ऽ अधिकारीले सम्पादन गरेको फिल्मको सार्वजनिक पोस्टर सान थापाले तयार गरेका हुन् । फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको कम्पनि आर आर फिल्मस् ले वितरणको जिम्मा लिएको छ । ’निर्भय’ को कथा यम थापाको हो ।
यसैबीच निखिल स्टारर ’निर्भय’ले चैत्र ११ लाइ प्रदर्शन मिति तय गर्दा उक्त मितिमा सिंगल स्कृनका वादशाह मानिने निखिल र अभिनेत्री रेखा थापाबीच टक्कर देखिने भएको छ । उक्त मितिमा रेखा भिलेन अबतारमा रहेको फिल्म ’डायरी’ पनि प्रदर्शनमा आउने घोषणा यसअघि नै भईसकेको छ, भने सोहि मितिलाई दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ’लप्पन छप्पन’ पनि रिलिजको लागी तयार छ ।
त्रीकोणबाट नै स्टार मानिएका कलाकारहरुको भिडन्त पर्दामा हुने निश्चित हुादै गर्दा कसले बाजी मार्छ हेर्न बााकी छ । तर ठुला फिल्म एक मितिमा आउने तय भएसागै अघि र पछि सर्ने पुराना उदाहरणलाई केलाउने हो भने उक्त मितिमा त्रिपक्षिय भिडन्त हुने नहुनेमा समेत आशंका छ ।

प्रतिक्रिया