Bisal Chautari Logo

अमेरीकामा विसादि च्याउ खाएपछि आफ्नै लिङ्ग काटे

- १४ असार २०७०, शुक्रबार १२:०३ मा प्रकाशित


अमेरिकामा एक व्यक्तिले केहि दिन अगाडि विसादि च्याउ खाएर बेहोसी बनेपछि आफ्नै लिंग काटेका छन् । अमेरिकाको मिचिगनस्थित एक विद्यालय बाहिर लिंगको केही भाग काटेर चुडिएको र खुट्टाभरी रगत लतपतिएको अवस्थामा सो त्याक्तिलाई प्रहरीले फेला पारी उद्धार गरेपछि यस्तो रहस्य खुलेको हो ।

४१ वर्षे ती पुरुष अर्धबेहोसी अवस्थामा रोइकराइ रहेको अवस्थामा स्थानीय विद्यालयका कर्मचारीले प्रहरीलाई खबर गरेपछि ती व्यक्तिलाई उपचारको लागि प्रहरीले अस्पताल लगेको थियो ।
ओहियोस्थित कोलम्बसका बासिन्दा रहेका ती व्यक्तिको मंगलबार बिहान साथीलाई भेट्न आउदा च्याउ किनेर खाएको अनुसन्धानपछि पत्ता लागेको हो । उनमा मानसिक समस्या तथा लागु औषध सेवन गर्ने लत समेत नरहेको र च्याउमै कुनै विषाक्त वा नसालु पदार्थ रहेको आशंका गरिएको अनुसन्धान अधिकारीहरुले बताएका छन् । ती व्यक्तिको अहिले उपचार भैरहेको र उनको अवस्थामा सुधार आइरहेको बताइएको छ । एजेन्सि

प्रतिक्रिया