Bisal Chautari Logo

ढाका व्यावसायबाट सास्कृति जगेर्णा गर्दै कल्पना योङहाङ (साथमा द हाईल्यान्ड आर्टबाट निर्मित तस्विरपनि)

- १५ असार २०७०, शनिबार ११:४१ मा प्रकाशित


पवित्र आत्माले रक्सि बनाएर बेच्नु भन्दा आफ्नो संस्कृतिको जगेर्णा गर्दै ढाकामा व्यावसाय गर्न सकिने ठानेर सुरु गरेको बताईन् । समुदायमा महिलाहरु डेलिभरी हुदा, तङसिन नाहेन गर्दापनि तान चाहिने परम्परालेपनि यस व्यावसायमा आकर्षित भएको बताईन् । 

विशाल राई 
असार, १५ गोकर्ण, काठमाडौ । कल्पना योङहाङ पछिल्लो समय राष्ट्रिय स्तरको पुरस्कारले होस् या मिडियामा छाएर चर्चामा रहेकि छिन् । साना घरेलु उद्योग अन्र्तगत परम्परागत संस्कृतिसंग जोडिएको ढाकाको कपडाहरु मार्फत कल्पना योङहाङ चर्चामा आएकि हुन् । अहिले कल्पना योङहाङको गोकर्ण स्थीत द हाईल्यान्ड आर्ट नामक साना घरेलु उद्योग सञ्चालन भईरहेको छ । सो उद्योगबाट निर्मित खाडिका दौरा सुरुवाल, साडि चोलो, कोट, सर्ट, टाई, तागावा मेख्लि, पछ्यौरा टोपि, पर्स, सोफाको खोल, तन्ना र विभिन्न किसिमका पोसाकहरु विश्वका विभिन्न देशहरुमा निर्यात हुने गरेको छ । यतिका सफल्ताको पछाडि, हामिलाई लाग्न सक्ला घरपरिवारको सपोर्ट ! तर कल्पना योङहाङलाई घरपरिवारको व्यावसायमा कुनै सपोर्ट थिएन ।
खाने मुखलाई जुगाले छेक्दैन भन्ने उखान, जस्तै कल्पना योङहाङले परिवारको  सपोर्टविनै समाजमा सास्कृतिक उत्थान तथा व्यावसायमा सफल्ता हात पारेकि छिन् । ०६२ सालमा साना घरेलु उद्योगमा दर्तागरी योङहाङले व्यावसाय सुरु गरेकि थिईन् । व्यावसाय सुरु गर्दा कल्पना योङहाङले १५ हजार पैसाबाट सुरुवात गरेको विशाल चौतारी डटकमलाई बताईन् । भन्छिन् –व्यावसाय सुरु गर्नेबेला १५ हजार रुपैया जुटाउन नपाउदा म धेरै भौतारीएकि थिए । योङहाङले १५ हजार रुपैया रिण चाहि महिला सहकारी संस्थाबाट लिएको बताईन् । 
ढाकाको व्यावसाय गर्ने प्रेरणा कल्पना योङहाङलाई पुर्वको लिम्वु तथा अन्य धेरै समुदायहरुको सास्कृतिक पहिरण भएकालेपनि संस्कृति जोगाउनका लागि यस व्यावसायमा लागेको बताउछिन् । विशाल चौतारी डटकमसंग कुराकानि गर्दै कल्पना योङहाङले भनिन्–हाम्रो परम्परा अनुसार चेलिहरुले गर्ने व्यावसाय मध्ये थाक–थाकमा पनि रहेकाले यस व्यावसायमा लागेकि हु । पवित्र आत्माले रक्सि बनाएर बेच्नु भन्दा आफ्नो संस्कृतिको जगेर्णा गर्दै ढाकामा व्यावसाय गर्न सकिने ठानेर सुरु गरेको बताईन् । समुदायमा महिलाहरु डेलिभरी हुदा, तङसिन नाहेन गर्दापनि तान चाहिने परम्परालेपनि यस व्यावसायमा आकर्षित भएको बताईन् । भनिन्–मैले फाईदा भन्दापनि संस्कृतिक सिपहरुलाई कसरी जोगाउने भन्ने कुरालाई जोड दिन खोजेकि हु । व्यावसाय सुरु गर्दाताकाको दिनहरु सम्झदै कल्पना योङहाङ भन्छिन्, भोक तिर्खा नभनि दिनरात नगनि दुख गरेकि थिए । व्यावसाय सुरु गर्न भन्दा अगाडि गाउघरको सम्झनाले व्यावसाय गर्न मन लागेपनि व्यावसाय सुरु गरेपछि ति सम्झनाहरुले व्यावसायमा खासै सहयोग नगरेको बताईन् । व्यावसाय सुरु गरेको करिव तिन वर्ष कल्पना योङहाङ आफै खटेर लागिपरेपछि व्यावसाय फस्टाउदै आएको योङहाङले बताईन् । 
व्यावसाय सुरु गर्दा एक ओटा तानबाट सुरुवात गरेकी थिईन् । त्यहि समयमा विधुवि एक महिलालाई काम दिएर त्यहि समयदेखि नै सामाजिक सेवापनि गरिरहेकी थिईन् । कल्पना योङहाङको व्यावसाय सुरु गर्दाको पहिलो स्टाफ चाहि विमला थापा रहेको कल्पना योङहाङ बताउछिन् । सो स्टाफको छोरा अलि असत्त, अपाङ भएकाले उपचार गराई बोर्डिङमा आफुले पदाएकोपनि कल्पना योङहाङले बताईन् । सो बच्चाले अहिले एसएलसिमा ८६.१२ प्रतिसत ल्याएर पास गरेको कल्पना योङहाङले बताईन् । 
व्यावसाय फस्टाउदै गएपछि विस्तारै तानहरु थप्दै लगेको योङहाङले बताईन् । तरपनि व्यावसाय अन्य देशहरुमा प्रचार नभएकाले अमेरीकामा बस्दै आएकि इक्सा लिम्वुले लामो व्यावसाय सम्वन्धि इन्र्टभ्यु जस्तो गरेर युटुबमा राखिदिएपछि कपडाको माग बढेको बताईन् । त्यसपछि कल्पना योङहाङले साना घरेलु उद्योगबाट तान सम्वन्धि तालिम लिएर व्यावसायलाई अझबढि अगाडि बढाएको बताईन् । अहिले कल्पना योङहाङले करिव ५०० भन्दा बढिलाई तालिमपनि दिएको बताउछिन् । कल्पना योङहाङले आफ्नो व्यावसायमा श्रीमाणले छाडेको, श्रीमाण वितेको, अपाङ्ग तथा विदेशबाट बेचिएर आएका महिलाहरुलाई रोजगार दिएका छन् ।  
सरकारले तालिम प्राप्त बनाएर जनसक्तिहरुलाई यत्तिकै छाडिदिने गरेको प्रति कल्पना योङहाङ दुखि रहेको बताईन् । भनिन् –त्यहि सरकारी तालिम केन्द्रका शिक्षकहरु आफुले चिनेकाले मलाई जनसत्तिहरु पठाईदिन हुन्छ । केहि सरकारी सिप सिकेकाहरुलाईपनि आफुले काम दिएका कल्पना योङहाङ बताउछिन् ।
द हाईल्यान्ड आर्टका सञ्चालिका कल्पना योङहाङ ति दुखका दिनहरुलाई सम्झदै भन्छिन्, त्यो संर्घस र दुखहरु मेरो साथि ठान्छु । अहिले त्यहि दुखले सफल्ता पाएकि छु । 
३०–३२ जना भन्दा बढि परिवार र तिनका बच्चाहरुको भोलिको भविश्यलाई जोड्न पाएकोमा कल्पना योङहाङ खुसि छिन् । तरपनि सरकारसंग दुखेसो पोख्दै कल्पना योङहाङले एउटा आग्रह देशमा उत्पादन भएको भेषभुषालाई प्रयोग गरेर, सरकारी अफिसहरुमा राष्ट्रिय पोषाक बनाएर लगाईदिए राष्ट्रकै आर्थिक उन्नतिमा कदर पुग्ने बताउछिन् । 




like this page https://www.facebook.com/pages/Bishal-chautari/260522217427228

कल्पना योङहाङले पाएका केहि राष्ट्रिय सम्मान तथा राष्ट्रिय व्याक्तिहरुसंग

२३ औ औद्योगिक प्रर्दशनि भृकुटि मण्डपमा तत्कालिन प्रधानमन्त्रि बाबुराम भट्टराईसंग,
भारतिय राजदुत, जयन्त प्रसादलाई नेपालको परम्परा सास्कृतिक पहिरण प्रदान गर्दै 
मिडिया इन्टरनेसनलले स्वदेशि सिप विकाश तथा रोजगारमा महत्वपुर्ण योगदान पुर्‍याएकोमा राष्ट्रिय पुरस्कार । तथा अन्य धेरै पुरस्कारहरु

चलचित्रहरुमा कल्पना योङहाङ    

लिम्वु चलचित्र मिम्रेन मिक्तोक–अम्लरी (फुङ सुनखरी फुल)मा भेषभुषा डिजाईन गरेकि थिईन् ।
भेषभुषा डिजाईनमा कल्पना योङहाङ पहिलो कलाकारपनि हुन् । उनले सो चलचित्रमा आमाको भुमिकापनि निभाएकि छिन् । थकथकमा नामक डकुमेन्ट्रि कल्पना योङहाङको जिवनि तथा ढाकाको पहिरणसंग जोडिएको संस्कृतिहरुलाई उतारिएको छ । जुन डकुमेन्ट्रिलाई लिला राईले निर्देशन गरेकि थिईन् । विभिन्न चलचित्रहरुबाट भेषभुषाको लागि आफुलाई अफर आएको तर कामको व्यास्ताले समय दिन नभ्याएको बताईन् । 

द हाईल्यान्ड आर्टबाट निर्मित कपडाका डिजाईनहरु । 

तस्विरहरु :– राम मोक्तान 


 


प्रतिक्रिया