Bisal Chautari Logo

जातिय छुवाछुतमुक्त राष्टिय अभियानमा राजनेतादेखि कलाकारसम्म (साथमा फोटो फिचरपनि)

- १७ असार २०७०, सोमबार ०३:४२ मा प्रकाशित


विशाल चौतारी डटकम
काठमाडौ । राजधानि स्थीत कपनमा स्थानिय राजनैतिक दल ,सघसस्था, वुद्धिजिवि, कलाकारहरु लगायत कपनबासीको सहकार्यमा छुवाछुत तथा भेदभाव मुक्त कपन अभियान सभा सम्पन्न भएको छ । गत शनिबार सम्पन्न भएको सभामा कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधान, गृह, सञ्चारमन्त्रि कृष्ण बहादुर महराले जातिय विभेद विरुद्ध नियम कानुन बनिसकेको भएपनि अहिले भइरहेको घटनाबाट विभेद अन्त्य हुन नसकेको बताए । महराले भने – यसको अन्त्यका निम्ति समग्र दलित जनसमुदाय एकवद्ध भएर लाग्नुपर्छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष शुशिला श्रीपाली ठकुरीले अभियानको स्वागत गर्दै राष्ट्रव्यापी रुपमा लैजान नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै मुस्लिम, महिला आयोग लगायतका सरकारी निकायका प्रतिनिधिहरुले अभियानमा ऐक्यबद्धता जाहेर गरेका थिए ।



पर्यटकिय क्षेत्र कपनबासीको आव्हान, जातिय छुवाछुतमुक्त राष्टिय अभियान भन्ने मुल नारासहित सम्पन्न कार्यक्रममा बरिष्ठ कलाकार शम्भु राई, यश कुमार, टिका भण्डारी लगायतका कलाकारहरुको समेत उपस्थिति रहेको थियो । कपनमा करिब एक हजारको साख्यामा दलितहरुको बसोबास रहेको कार्यक्रमका सायोजक महेन्द्र सुनारले जानकारी दिए । कार्यक्रम नेपाल दलित तथा गैह्र दलित उत्थान क्लब र कपन दलित उत्थान समितिले आयोजना गरेको थियो ।

 

 

 

प्रतिक्रिया