PURANO DUNGA song MAAJHI ft Dayahang Rai, Priyanka Karki, Maotse Gurung, Menuka Pradhan
विशाल चौतारी समाचार
तस्बिर तथा भिडियो : विशाल राई
काठमाडौ, २०७३ कात्तिक २४ बुधबार । यस वर्ष ‘निर’ बोलको गीत भाइरल भएसंगै चर्चामा रहेको चलचित्र ‘पुरानो डुङ्गा’को अर्को ‘माझी’ बोलको गीत सार्वजनिक गरिएको छ । रिलिज गरिएको ‘माझी’ गीतमा काली प्रसाद बाास्कोटाको एकल रचना, संगीत तथा स्वर रहेको छ । सार्वजनिक टिजर र ट्रेलरका कारणपनि चर्चामा रहेको चलचित्र ‘पुरानो डुङ्गा’ यही मंसिर १० गते रिलिज हुदैछ ।
चलचित्रमा समाविष्ट गीत सार्वजनिक गर्ने क्रममा औपचारिक रुपमा प्रचार सुरू भएको चलचित्रका निर्देशक रामबाबु गुरुङले बताएका छन् । गत सोमबार एक पत्रकार भेटघाट कार्यक्रम गर्दै निर्माण पक्षले यस्तो घोषणा गरेको हो । कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक रामबाबुले आफ्नो चलचित्रको भविश्य हेर्दा प्रोमोशन गर्दा राम्रो हुन्छ भनेपछी चलचित्रको प्रोमोशनमा निश्किएको बताए । चलचित्रको टिम ९ तारिकदेखी दमक, विर्तामोड, चितवन, हेटौडा, बुटवल र पोखरामा चलचित्रको प्रोमोशनका लागी जाने समेत निर्देशक रामबाबुले बताए । साथै निर्माण पक्षले चलचित्रलाई सफल बनाउन आफूहरू लागि परेको बताए ।
कार्यक्रममा फिल्मका निर्देशक रामबाबु गुरूङ् तथा कलाकारहरू दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरूङ्, मेनुका प्रधान उपस्थित थिए । कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले माओत्से गुरूङ्को कथामा राम्रो फिल्म भएको बताउदै चलचित्र हेरिसकेपछि जेजस्तो लाग्छ प्रतिक्रिया दिन आग्रह गरे ।
गुरूङ्को कथालाई निर्देशक रामबाबु र उपेन्द्र सुब्बाले पटकथाको रूप दिएका हुन्। फिल्म दुई माझी दाजुभाइको सम्बन्धमा आधारित रहेको छ। यसअघि ’कबड्डी’, ’कबड्डी कबड्डी’ फिल्म दिइसकेका रामबाबुले ’पुरानो डुङ्गा’लाई पहिलेदेखि नै आफूले बनाउन खोजे जस्तै चलचित्र बताउदै आएका छन्।
त्यस्तै अभिनेत्री प्रियंका कार्कीले चलचित्रको टिजर आफ्ना बाबुलाई मनपरेको र चलचित्र हेर्ने बताएको बताउदै फिल्म हेर्न सबैलाई आग्रह गरिन् ।
Cinema Art Production in association with Maotse Gurung Films
New Nepali Movie : PURANO DUNGA
Song’s Title: Maajhi
Music/Lyrics/Vocal: Kali Prasad Baskota
Music Arranged and Mixed: Rohit Shakya
Recordist: Shailesh Shrestha (The Range Studio)
Cast: Dayahang Rai, Maotse Gurung, Priyanka Karki, Menuka Pradhan, D.B. Gurung, Buddi Tamang, Mani Ram Pokheral, Puskar Gurung, Purnima Gurung, Sudam C.K., Min Pun and Nawajung Gurung
Story : Maotse Gurung
Script: Rambabu Gurung and Upendra Subba
Cinematography: Sailendra D. Karki
Editing: Nimesh Shrestha
Sound Design: Uttam Neupane
Promotion Material Design: Swapnil Acharya
Art Director: Suresh Karki
Executive Producer: Maotse Gurung, Mani Ram Pokheral and Balmiki Pokheral
Co-producer: Arjun Karki
Producer: Raunak Bikram Kandel, Om Chand Rauniyar, Dhan Bahadur Gurung and Prakash Gurung
Director: Ram Babu Gurung
प्रतिक्रिया