Bisal Chautari Logo

आस्था राउत आधारबाट झुम्के बुलाकि खोज्दै

- १८ असार २०७०, मंगलवार ०३:३४ मा प्रकाशित


असार, १८, काठमाडौ । विल्कुलै फरक स्वरले साथ पाएकि गायिका आस्था राउत सालको पात टपरि गासेर बोलको रिमिक्स गित जति दर्शकमाझ गुञ्जियो त्यहि चर्चा भने पाईनन् । विस्तारै चलचित्रको पाश्र्व गायनमा स्वर दिने क्रममा गायिका आस्था राउतले चलचित्र बसमा छैन यो मनको टाईटल गित बसमा छैन यो मनमा स्वर दिएपछि भने निकै चर्चामा आईन् । त्यसको केहि वर्षपछि चलचित्र मायाज बारको माया यो माया बोलको गितमा स्वर दिएपछि भने आस्था नेपालि साङ्गितिक क्षेत्रमा चम्किइन् ।
त्यहि दर्शकको माया र साथका कारण गायिका आस्था राउतले आधार एल्बम बजारमा ल्याएकी छिन् । काठमाडौको मण्डला थियटरमा एल्वमको वरिष्ठ संगीतकार अम्बर गुरुङले बिमोचन गरेका छन् । विमोचन समारोहमा संगितकार शान्तिराम राई, कार्यक्रमका सभापति तथा संगितकार सुरेश अधिकारी, संगितकार महेश खड्का, गितकार विपिन किरण लगायत उपस्थित थिए ।

like this facebook page https://www.facebook.com/pages/Bishal-chautari/260522217427228
भाइब्स क्रियशनले बजारमा ल्याएको एल्बमा ७ गीत समावेश गरिएको छ, भने एल्वमको सम्पुर्ण गितहरुलाई संगितकार सुरेश अधिकारीले दिएका छन् । झुम्के बुलाकि, नि मोहरको धागो, कदम चाल, बिर्सि देऊ, चौवन्दिमा पटुकि र फाट्यो नि बोलको गितहरु एल्वममा समावेश गरिएको छ, भने सुरेश अधिकारी र सावित्रि राउतको शब्द एल्वममा रहेको छ ।

काठमाडौ पुल्चोकमा जन्मिएकि गायिका आस्था राउतको पुख्यौलि घर भने चरिकोट दोलखा हो ।  वरिष्ठ लोक गायक हरि बहादुर राउत र रचनाकार सावित्रि राउतको एकमात्र छोरी हुन् । गायिका आस्थाले पहिलो रेकर्ड गितभने बालगित छोरीलाई पढ्ने पाठशाला हो ।  दुई दर्जन भन्दा बढि गितमा स्वर दिएकि आस्थाले रेडियो नेपालको अधिराज्य व्यापि बाल गित प्रतियोगितामा २ पटक दोस्रो भएकि थिईन् । एल्वम विमोचन समारोहमा झुम्के बुलाकी बोलको गीतको भिडियोकोपनि विमोचन गरिएको छ । श्रीधर पौडेलको छायांकनमा तयार भएको यस भिडियोलाई पवन पौडेलले निर्देशन गरेका हुन् । 

प्रतिक्रिया