Bisal Chautari Logo

उदयपुरमा त्रुटिपूर्ण नोट भेटियो

- १८ असार २०७०, मंगलवार ०६:५२ मा प्रकाशित


रामप्रसाद भट्टराई 
उदयपुर,  असार १८ नेपाल राष्ट्र बैंकको लापरवाहिका कारण त्रुटिपूर्ण नोट उदयपुरको सदरमुकाम गाईघाटमा फेला परेको छ । गाईघाट बजार स्थित चिरन श्रेष्ठको कपडा पसलमा सो त्रुटिपूर्ण नोट फेला परेको हो । गभर्नर युवराज खतिवडाको हस्ताक्षर भएको रु दशको नोट त्रुटिपूर्ण भेटिएको हो । like this page https://www.facebook.com/pages/Bishal-chautari/260522217427228
ज/८३/३५२७७१ नम्बरको नोटको पछाडिको भागमा छपाई सम्बन्धि त्रुटि भएको फेलापरेको हो । राष्ट्र वैंकको मुद्रा निष्काशन विभागले उक्त नोट बजारमा नपठाउनुपर्नेमा कर्मचारीको लापरवाहिका कारण बजारमा आएका हुन् । यो भन्दा पहिला पटक पटक त्रुटिपूर्ण नोट बजारमा पठाएकाले सरोकारवालहरुले सच्याउनुपर्ने माग गरेका छन् । बजारमा आएरपनि पुरानो भइसकेको यस्ता नोटका कारण नक्कलि रुपैयाको कारोवार बढ्ने सम्भावना बढेर गएको छ ।
राष्ट्र बैंकले आधा काटिएको नोट बजारमा पठाएपछि बेला वेलामा सर्वसाधारणहरुलाई समस्या पर्नेगरेको छ । यस्तो त्रुटिपूर्ण नोट फेलापरेपछि नक्कलि नोट भित्रने खतरा बढेको व्यापारिहरु बताउछन् ।

प्रतिक्रिया