Melina Rai live concert in nepal yangshila
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ कात्तिक ६ शनिबार । मोरङको पश्चिम–उत्तर गाविस याङ्सिलाको प्रचारात्मक सांगीतिक कार्यक्रम आज हुने भएको छ । याङशिला सांस्कृतिक समूहले आज सार्वजनिक बिदाको दिन शनिबार पारेर ‘रिमिक्स धमाका’ नामक कन्र्सट गरिरहेको गीतकार राम रेप्चुङ राईले बताए । उनका अनुसार यो याङ्शिला साास्कृतिक समुहको निरन्तर कार्यक्रम हो ।
कार्यक्रम याङशिला–८ स्थित सावित्री माविमा हुनेछ । धमकामा स्थानीयदेखि राष्ट्रिय कलाकारहरुको जमघट हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार कन्सर्टमा हास्य कलाकार विल्सनबिक्रम राई ‘तक्मेबुढा’, गायक एवं संगीतकार विनोद खम्बू, गायिका मेलिना राई, गायक संगीतकार राकेश किराती, गीतकार तथा गायक राम रेप्चुङ राईले प्रस्तुति दिनेछन् । साथै, स्थानीय कलाकारहरु, पूर्वाञ्चल डल्फिन स्टार र गरिमा डान्स सेन्टरको प्रस्तुति रहने कार्यक्रम निर्देशक दोर्पध्वज राईले बताए ।
यसअघि पनि २०७२ साल बैसाख १२ गतेका दिन राजेशपायल राईलगायतको राष्ट्रिय कलाकारहरु ल्याएर कार्यक्रम गरेका थिए । त्यस्तै, यसैको दोस्रो संस्करणको रुपमा कमल खत्रीलगायतका कलाकारहरुको जमघट गराउादै गएको बैसाख २५ गते सांगीतिक कार्यक्रम गरिएको थियो । दशैं–तिहारलाई लक्षित गर्दै गर्न लागिएको धमकामा करिब ५ लाख ५० हजार रुपैया लागत लाग्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया