विशालसंग लवस्टोरी संवाद
स्कुले जीवनमा त मैले प्रेम र डेटिङको अनुभूति गर्न पाइन । जब दोस्रो एल्बमको गीतबाट चर्चा पाउन थालेँ, केटी ङ्खयानहरूको डेटिङ प्रस्ताव प्रशस्तै आउन थाले । कसैले गुलाफको फूल पठाउथे त कसैले पोस्टकार्ड । यस्तै–यस्तै कुरा हुन्थे मेरो डेटिङ भनेकै ।
जीवनकै महत्वपूर्ण डेटिङ त हेटौडाको कन्सर्ट दिन जादा भएको थियो । वास्तविक पहिलो डेटिङ छुल्टिम डोल्मसगै भएको हो, जो अहिले मेरी श्रीमती हुन् । उनी अहिले कार्यक्रम प्रस्तोता र मोडल पनि हुन् । हेटौडाको कार्यक्रममा उनले पनि एउटा गीतमा आइटम डान्स गरेकी थिइन् । हेर्दाहेर्दै उनलाई कता–कता मन पराउन थालेछु ।
त्यस डेटिङबाट छुट्टिएपछि फोनको माध्यमबाट सम्बन्ध जोड्नतिर लाग्यौँ । मैले काठमाडौं आएपछि उनलाई फोन गरेको थिए । फोनमा पनि मैले पुनः त्यही प्रस्ताव दोहोर्याए । उनले त्यस बेला पनि ‘केही समय लिन चाहन्छु’ भनिन् । ३९औं फोनमा आएर बल्ल उनले मेरो प्रस्ताव स्विकारिन् । भनिन्, ‘ठीक छ तपाईंसग म पनि जीवन बिताउन चाहन्छु, मलाई तपाईं राम्रै लाग्यो ।’ हाम्रो विवाह पहिलो डेटिङ भएको ६ महिनापछि भएको हो ।
समय जति बित्दै जान्छ, माया उति बढ्दै जाने रहेछ । समग्रमा हेटौडामा भएको मेरो पहिलो डेटिङ दुई शारीरिक जीवनलाई एउटै सूत्र, सम्झौता अनि अनुभुतिमा बाध्न सफल भयो । अहिले नै हामीले बच्चाबच्चीको योजनाचाहि गरेका छैनौ । उनले केही समय आङ्खनो पहिचान बनाउनतिर लाग्छु भनेकी छन् ।
[email protected]
प्रतिक्रिया