Bisal Chautari Logo

अभिनेता भुवन केसीसंग ‘मिस ब्युटि क्विन नेपाल–२०१६’ का अन्तिम प्रतिस्पर्धी

- २९ भाद्र २०७३, बुधबार १०:३९ मा प्रकाशित


bhuwan kc with miss beauty queen nepal 2016 contestants
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७३ भाद्र २८ मंगलबार । ‘मिस ब्युटि क्विन नेपाल – २०१६’को फाइनल १५ प्रतिस्पर्धीहरुलाई सदाबहार अभिनेता भुवन केसीले सेलिव्रेटि क्लास दिएका छन् । प्रतिस्पर्धीहरु अभिनेता भुवन केसीसंग भेट्न पाउदा धेरै उत्साहित देखिन्थे ।
bhuwan-kc-with-miss-beauty-queen-nepal-2016-contestants-4एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरिरहेको तेस्रो संस्करणको ‘मिस ब्युटि क्विन नेपाल – २०१६’का प्रतिस्पर्धी युवतीहरु अभिनेता भुवनसंग अटोग्राफ लिएका थिए । सेलिव्रेटि क्लासबाट प्रतिस्पर्धीहरुले धेरै कुरा अभिनेता भुवन केसीबाट सिक्ने मौका पाएको आयोजक संस्था एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडाले बताए ।
bhuwan-kc-with-miss-beauty-queen-nepal-2016-contestants-5त्यस्तै अभिनेता भुवन केसीले प्रतियोगीताको बारेमा बोल्दै प्रतिस्पर्धीहरु सबै अब्बल तथा अनुशासित रहेको बताए । एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले अहिले अन्तिम प्रतिस्पर्धीहरुलाई विभिन्न व्यक्तित्व विकास लगायत विषयमा शिक्षा दिइरहेकी छिन् । ‘मिस ब्युटि क्विन नेपाल – २०१६’ को अन्तिम प्रतिस्पर्धा भने यही भाद्र ३१ गते जमल स्थित राष्ट्रिय नाचघरमा हुदैछ ।

bhuwan-kc-with-miss-beauty-queen-nepal-2016-contestants-1

bhuwan-kc-with-miss-beauty-queen-nepal-2016-contestants-3

प्रतिक्रिया