Bisal Chautari Logo

दिक्तेलमा थुनुवाको जेलमै ज्यान गयो, पिडितहरुको अडान प्रहरीको कुटपिटबाट ज्यान गएको ,

- २७ असार २०७०, बिहीबार ०४:२२ मा प्रकाशित


क्षतीपूर्ती नपाएसम्म शव नबुझ्ने 
असार २७ । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलको थानामा एक थुनुवाको ज्यान गएको छ । हत्याको आरोपमा गत जेठ–२८ गते पक्राउ परेका पाथेका–२ का १८ वर्षीय भुदेउ राई किरणको ज्यान गएको हो ।

जिल्ला अदालतले गत आइतबार पुर्पक्षकालागि थुनामा राख्ने आदेश दिइएका राईको निमोनियका कारण बुधबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ । निमोनिय भएपछि मंगलबार राती ११ बजे अस्पताल भर्ना गरिएका थुनुवा राईको उपचारकाक्रममा ज्यान गएको प्रहरी निरिक्षक रमेशकुमार देवले बताए ।

उपचार गर्नेक्रममा वान्ता गरेको र श्वासप्रश्वासमा समस्या देखा परेपछि उनको ज्यान गएको उपचारमा संलग्न स्वास्थ्यकर्मीको भनाई छ । मृतकका आफन्तले भने प्रहरीको कुटपिट र चरम यातनाबाट राईको ज्यान गएको दाबी गरेका छन् । रगत छादेको र पिसावमा रगत देखिएका कारण प्रहरीको शारिरिक यातनाबाट राईको ज्यान गएको उनीहरुको दाबी छ ।

यसैबीच, प्रहरीको यातनाबाट ज्यान गएको भन्दै मृतकका आफन्तहरुले क्षतीपूर्ती नपाएसम्म शव नबुझ्ने अडान लिएका छन् । उनीहरुले उच्चस्तरिय छानबीन समिति गठन गरी घटनाका बिषयमा छानबीन गर्नुपर्ने, पिडितलाई क्षतीपूर्ती दिनु पर्ने, दोषीलाई कारबाही गर्नुपर्ने लगायतका मागहरु अघि सारेका छन् ।

सदरमुकाम दिक्तेलको त्रिबेणीचोकमा अघि साँझ बसेको पिडितहरुको बैठकले अन्यत्रबाट बिशेषज्ञ चिकित्सक ल्याएर मात्र पोष्टमार्टम गर्नुपर्ने निर्णय गरेको मृतकका काका रञ्जिव राईले जानकारी दिनु भयो । दोष ढाकछोपकालागि प्रशासन, प्रहरी र अस्पतालको मिलेमतोमा हुने पोटमार्टममा बिश्वास गर्न नसकिने उनीहरुको भनाई छ ।

यस्तै, थुनामा रहेका थुनुवाको ज्यान गएको बिषयमा जिल्लास्थित राजनैतिक दलहरुले ध्यानाकर्षण भएको जनाएका छन् । घटनाका बिषयमा यतार्थ छाबीन गर्नुपर्ने र पिडितलाई क्षतीपूर्ती दिलाउनु पर्नेमा पुर्वसभाषद दुर्गाजयन्ती राईले जोड दिनु भयो । पिडितले न्याय नपाए जिल्लाका दलहरुले पिडितका पक्षमा आन्दोलन गर्ने एमाले खोटाङका उपाध्यक्ष बबी चामलीङले बताउनु भयो ।

राई गत शुक्रबार प्रहरीको हिरासतबाट भाग्दै गरेको अवस्थामा बुईपाबाट पक्राउ परेका थिए । उनीसँगै भागेका बासपानी–९ का अकिल राई भने अझै पनि फरार छन् । छुरी प्रहार गरी छिमेकी गाबिस खार्मी–६ का ४० वर्षीय ध्रुब श्रेष्ठको हत्या गरेको अभियोगमा प्रहरीले भूदेउ, अकिल र बासपानी–९ का २५ वर्षीय अनुराम राईलाई जेठ–२८ गते पक्राउ गरेको थियो । घटनाका मुख्य अभियुक्त अबिन घटना लगत्तैदेखि फरार छन् ।

साकेला पर्वको अवशरमा खार्मीको तुर्खास्थित भुमेस्थानमा गत जेठ–२० गते भूमे पूजा तथा साकेला नाच भइरहेको समयमा जालपाका केही युवा र उनीहरुबीचको दोहोरो झगडा छुट्याउन गएका श्रेष्ठलाई उनीहरुले छुरी प्रहार गरेका थिए । स्रोता : हाम्रो खोटाङ

प्रतिक्रिया