bir bikram movie second week
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ भाद्र ९ बिहिबार । गत बिहिबारबाट रिलिजमा आएको वर्ष २०७३ को बहुप्रतिक्षित चलचित्र ‘वीर विक्रम’ले उत्साहजनक ब्यापार गर्दै दोस्रो हप्तामा प्रवेश गरेको छ । दोस्रो हप्तामा प्रवेश गरेको चलचित्र ‘वीर विक्रम’ले टाइगर श्राफ र ज्याक्लिन फर्नान्डेज अभिनित बलिउड चलचित्र ‘फ्लाइङ जेट’लाई पनि पछारेको छ ।
माउथ पब्लिसिटी र चलचित्र राम्रो बनेको कारण दर्शकहरुले चलचित्र ‘विर विक्रम’लाई दोस्रो हप्तामापनि साथ दिएको छ । दयाहाङ राई, अर्पण थापा, दीया पुन, नाजिर हुसेन, अनुपविक्रम शाही अभिनित चलचित्र ‘विर विक्रम’को शो हलहरुले थपिरहेको पनि निर्माण कम्पनी चाम्स इन्टरटेनमेन्टले बताएको छ । गत बुधबार राती ८ बजेको शोमापनि दर्शकहरु खचाखच रहेको थियो । चलचित्रलाई दर्शकहरुले २–३ चोटी समेत हेरेको पाइएको छ ।
चलचित्र ‘वीर विक्रम’ अत्याधिक सफल हुनुको धेरै कारण छन् । पहिलो कारण चलचित्र नै राम्रो रहेको कारण । दोस्रो माउथ पब्लिसिटीको कारणपनि यो चलचित्र सफल भएको हो । यो चलचित्रलाई मल्टिप्लेक्स र सिंगल दुबै हलमा रुचाइएको पाइएको छ ।
चलचित्रको विषयवस्तुलाई यसको सशक्त हतियार मानिएको छ । सिंगल र मल्टिप्लेक्स दुबै हलमा चलचित्रको कथा दर्शकले मन पराएका छन् । ग्रामिण परिवेशको कथालाई आधुनिकिकरणमा ढालिएकाले पनि मिलन चाम्स यसपटक ‘हासिया’ भन्दा सफल देखिएका छन् । चलचित्रका वितरक गोविन्द शाही र गोपाल कायस्थले पनि व्यापारलाई लिएर सन्तुष्टी व्यक्त गरे ।
प्रतिक्रिया