Mrs Nepal idol 2016
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ श्रावन ३१ सोमबार । विबाहित महिलाहरुको विविध कला संस्कृती प्रर्वदन गर्दै उनीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना भइरहेको मिसेस नेपाल–२०१६को अन्तिम प्रतिस्पर्धामा १८ प्रतिस्पर्धी छनौट भएका छन् ।
प्रतियोगीहरुले केही दिन अगाडी आयोजना गरिएको ट्यालेन्ट शोमा प्रतिभा देखाएका छन् । राजधानीको दरबारमार्गको सि–डब्लु रेस्टुरेन्टमा गरिएको ट्यालेन्ट सोमा प्रतियोगीहरुले डान्स, स्पिच, लगायतका प्रतिभाहरु निर्णयहरुमाझ पस्किएका थिए ।
एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडाले बताए अनुसार प्रतिस्पर्धिहरु धेरै मेहेनती भएको बताए ।
कार्यक्रममा एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले अहिले अन्तिम प्रतिस्पर्धीहरुलाई विभिन्न व्यक्तित्व विकास लगायत विषयमा शिक्षा दिइरहेकी छिन् ।
प्रतिक्रिया