deeya pun meet nanda bahadur pun movie bir bikram
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ श्रावन २८ शुक्रबार । नेपाली चलचित्र वीरविक्रमकी नायिका दिया पुनलाई उपराष्ट्रपति नन्दबहादुर पुनले बधाई तथा शुभकामना दिएका छन् । गत विहीबार दिउसो उपराष्ट्रपतिको कार्यालय, कान्तिपथमा भेटन् पुगेकी नायिका दियालाई उनले बधाई बधाई दिएका हुन्।
उपराष्ट्रपति पुनले बधाइ दिादै चलचित्र ‘वीरविक्रम’को प्रिमियर शोमा आफू आउने प्रतिवद्धता व्यक्त गरे। उनले भने, ‘ नेपाली चलचित्र वीरविक्रम राम्रो भएको मैले विश्वास लिएको छु । यसको प्रिमियर शो मा मेरो उपस्थिति हुने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।
भेट्टघाट कार्यक्रममा नायिका पुनसागै ‘वीरविक्रम’का निर्देशक मिलन चाम्स, विदेश वितरण प्रमुख एवं ग्रिष्मा इन्टरटेनमेन्टका प्रमुख गृहेन्द्र घिमिरे लगायतका टीम उपस्थित थिए ।
प्रतिक्रिया