Buddhi Tamang romantic movie actor hait
विशाल चौतारी समाचार
तस्बिर तथा भिडियो : विशाल राई
काठमाडौ, २०७३ श्रावन २७ बिहिबार । पछिल्लो समय नाटक, कमेडी सिरियल, चलचित्र तथा म्युजिक भिडियोमा समेत ब्यास्त अनी चर्चित नाम हो वुद्धी तामाङ अर्थात ‘हैट’ पात्र । उनले अभिनय गरेको प्राय सबै पात्रमा ‘हैट’ अनिवार्य रहदै आएको छ ।
वुद्धी तामाङद्धरा पछिल्लो अभिनित चलचित्र ‘छक्का पञ्जा’को ट्रेलर सार्वजनिक भएसँगै उनले बोलेको ‘धेरै पछाडी आफ्नै बुढीलाई हेर्दापनि आङै सिरिङ्ग हुदो रहेछ हौ’ डाइलग अहिले चर्चित बनिरहेको छ । सोही चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा विशाल चौतारी डटकमसंग कुराकानी गर्दै वुद्धी तामाङले आफुलाई रोमान्टिक हिरो भएर चलचित्रमा हिरोइनसंग रोमान्स गर्ने चाहना रहेको बताएका छन् । उनले भने ‘– एउटा कलाकारलाई एक्टर भएर काम गर्न सधै लोभ लागिरहन्छ । मेरो रोमान्स कस्तो देखिन्छ, रोमान्स गर्न पाउ भन्ने एउटा कलाकारमा लागिरहन्छ’, वुद्धीले बताए ।
प्रतिक्रिया