Bisal Chautari Logo

राजेशपायल र केकीको साथ बढ्दै || रीम बुटिक उद्घाटमा भेटिए (फोटोफिचर सहित)

- २४ श्रावण २०७३, सोमबार १५:११ मा प्रकाशित


rajesh payal rai and keki adhikari reem butik
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ श्रावन २४ सोमबार । चर्चित गायक अर्थात् नेपाली गायनका ‘मेगास्टार’ राजशेपायल राई र हालैमात्र ग्राजुएट पूरा गरेर चर्चामा रहेकी अभिनेत्री केकी अधिकारीको साथ पछिल्लो समय निकै बढ्दै गएको छ ।
rajesh payal rai and keki adhikari reem butik-1गत शुक्रबार एक बुटिकमा पनि यी जोडी भेटिए । गायक राजेशपायलले केहीबेर साडी र कुर्ता हेरेपछि केकीलाई भने, ‘एउटा साडी किनिदिउँ ? जवाफमा केकीले भनिन्, ‘पर्दैन । भोलीपर्सि किनौला ।’
हो, नेपाली कला क्षेत्रका यी दुई हटकेक रीम फसेननेट बुटिक उद्घाटन गर्न बागबजारमा देखिए । बागबजारको सिटी स्क्वारमा सञ्चालनमा आएको ‘रीम फेसननेट बुटिक’ को शुक्रबार राजेशपायल र केकीले एकसाथ उद्घाटन गरेका छन् । यो बुटिक फेसन डिजाइनर रीमले सञ्चालनमा ल्याएकी हुन् । बुटिक उद्घाटनपछि गायक राजेशपायलले भने, ‘यस बुकिटले फेसन पारखीका चाहनालाई पूरा गर्नेछ ।’ साथै, उनले आफू ब्याचलर (अविवाहित) भएकाले कसलाई साडी किनिदिने भन्नेमै दोधारमा परेको बताए । ‘केकीलाई किनिदिउा भनेको पदैन भन्छे’ राजेशपायलले ठट्टा गर्दै भने, ‘भोलीपर्सी अरुलाई नै किनिदिनु पर्ला ।’
rajesh payal rai and keki adhikari reem butikत्यस्तै, केकीले आफू खाशै फेसन कन्सस नभएको बताइन् । ‘म प्राय क्याजुअल लगाउाछु’ केकीले भनिन्, ‘फेसनप्रति मेरो खाशैं गहिरो सौख छ्रैन । आफूलाई जेले सुहाउाछ, त्यही लगाउाछु ।’ एक प्रशंगमा केकीले भनिन्, ‘ग्राजुएट गर्न पाउादा अत्यन्त खुसी छु । हुन त ग्राजुएट गर्ने थुपै्र छन् । तर मेरो क्षेत्रका लागि ठूलो कुरा हो ।’ उनले आफू फिल्म क्षेत्रमा रहेर पनि पढाइमा मिहिनेत गरेकाले सफलता पाएको सुनाइन् ।
कार्यक्रममा थुप्र्रै कलाकारको उपस्थिति थियो । कार्यक्रममा कार्यक्रम सञ्चालिका तथा समाजसेवी याङ्जोम शेर्पा, मोडल निशा पोमु, गायक रुकमान लिम्बू, रुपकुमार राई, नायिका तथा गायिका सुजता केसी, तेह्रथुमे ढाका कलेक्शनकी सञ्चालक तथा फेसन डिजाइनर निरु आङबुङलगायतको उपस्थिति थियो । कार्यक्रममा बोल्दै रीम बुटिककी रीमले बुटिक खोल्ने मनशाय पहिल्यै बनाएको बताउादै भनिन्, ‘७ वर्षदेखिको मेरो इच्छा आज बल्ल पूरा भएको छ ।’ रीम फेसननेट बुटिकमा अर्डर अनुसार लेडिज सबै प्रकारका वेयर पाउनका साथै मोडलिङ र फोटोसुटका लागि भाडामा समेत उपलब्ध गराइने उनले जानकारी गराइन् ।

प्रतिक्रिया