Biraj Bhatta and Nisha Adhikari Jai Parshuram Song SOJHAI HO
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ श्रावन २१ शुक्रबार । साउन २८ अर्थात आउदो शुक्रबारबाट रिलिज हुन लागेको अभिनेता विराज भट्ट र अभिनेत्री निशा अधिकारी अभिनित चलचित्र ‘जय परशुराम’को गीत रिलिज भएको छ । ५ बर्षपछि नेपाली चलचित्रमा फर्किएकाले पनि अभिनेता विराजको चर्चा खुबै छ । उनको स्टारडम पहिले जस्तै चम्किएला वा के होला भन्नेहरु धेरै छन् ।
चलचित्र रिलिजको एक साता अगाडि निर्देशक रोज राणा र उनको टिमले दोश्रो गीत पनि सार्वजनिक गरेको छ । ‘सोझै हो’ बोलको गीतमा दीपक लिम्बु र मिलन अमात्यको स्वर छ । महेश खड्काको संगीत रहेको गीतमा एकनारायण भण्डारीको शब्द छ । चलचित्रमा रविन तामाङ खलनायकको भूमिकामा छन् ।
चलचित्रमा विराज एक्सन र रोमान्टिक अवतारमा देखिएका छन् भने निशा नायकका प्रेमिकाको भूमिकामा छिन् । चलचित्रको ट्रेलर र एउटा गीतलाई रुचाइएको छ । चलचित्रका एनवी महर्जनको एक्सन, रामेश्वर कार्कीको छायांकन, बसन्त श्रेष्ठ र रामजी लामिछानेको कोरियोग्राफी छ । निर्माता रोज राणाले पहिलो पटक यो चलचित्र निर्देशन गरेका हुन् । मौनता श्रेष्ठले चलचित्रलाई लेखेका हुन् ।
New Nepali Movie Teaser: JAI PARSHURAM
a Film by Rose Rana
Releasing on Shrawan 28/12 August
Song’s Title: Sojhai Ho
Vocal: Deepak Limbu, Milan Amatya
Lyrics: Eknarayan Bhandari
Music: Mahesh Khadka
Starring: Biraj Bhatta, Rabin Tamang, Nisha Adhikari
Co-producer: Milan Shrestha/Kumar Basnet/Rupak Rana, Rupam Rana
Excuative Producer: Upama KC
Writer: Mauntaa Shrestha
Action: NB Maharjan
Cinematography: Rameshwor Karki
Music: Mahesh Khadka
Editor: Subash Devkota
Production Manager: Krishna Koirala
Choreography: Basanta Shrestha/Ramji Lamichhane
Trailer Mixing: Uttam Neupane
Backgraound Score: Iman Shah
Theatrical Trailer: Shahil Khan
Color Grading: Renish Paago
VFX: Satyam Rana
प्रतिक्रिया