johnny gentleman nepali movie ft Paul Shah And Aanchal Sharma
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७३ श्रावन २० बिहिबार । म्यूजिक भिडियो निर्देशनका चर्चित निर्देशक नीतिन चन्दले निर्देशन गर्न लागेको चलचित्र ‘जोनी जेन्टलम्यान’को औपचारिक घोषणा भएको छ । यही चलचित्रबाट नितिनले म्युजिक भिडियोबाट चलचित्र निर्देशनमा हात हालेका छन् । गत बुधबार काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा फरक कथावस्तुमा नौलो प्रस्तुती सहित चलचित्र बन्ने जानकारी गराइयो ।
योर स्टाइलको प्रस्तुतीमा बन्ने चलचित्रमा मोडल तथा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा मुख्य भूमिकामा छन् । कार्यक्रममा बोल्दै निर्देशक नितिनले यो चलचित्रमा आफूले जोनी कसरी जेन्टलम्यान बन्छ भन्ने देखाउन लागेको बताए । एउटा पात्रको परिवर्तनलाई चलचित्रमा देखाउने उनको भनाई थियो । यो चलचित्रमा पल चकलेटी अवतारबाट एक्सन अवतारमा बदलिनेछन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले एउटा फरक कथामा बन्न लागेको चलचित्र सफल होस् भनेर शुभकामना दिएका थिए । चलचित्र बजारमा पल र आाचलको प्रेम चर्चा चलिरहादा यी दुई एकसाथ चलचित्रमा दोश्रो पटक देखिन लागेका छन् ।
चलचित्रका लागि अभिनेता पल शाहले एक्सन, जिम्न्यास्टिकको तालिम लिइरहेका छन् । उनलाई चलचित्रका द्धन्द्ध निर्देशक प्रकाश विक्रम शाहले तालिम दिइरहेका छन् । पलले दैनिक ४ घन्टा आफूले तालिम लिइरहेको बताए । उता अभिनेत्री आँचल शर्माले दोश्रो पटक पलसँग काम गर्न पाउदा खुशी लागेको जानकारी दिदै २ सय प्रतिशत प्रतिफल दिने बताइन् ।
हर्कुलेस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको चलचित्रमा प्रशान्त तामाङको नृत्य निर्देशन रहनेछ । चलचित्रका निर्माता एन्ड्रिउ पौडेल हुन् भने अजय मल्ल यसका कार्यकारी निर्माता हुन् ।
प्रतिक्रिया