Bisal Chautari Logo

सुसनको ‘सोल्टीनी’लाई राजेशपायलले विमोचन गर्दै शुभकामना दिए (भिडियोसहित)

- १६ श्रावण २०७३, आईतवार ०८:२१ मा प्रकाशित


Susan Samsohang song Soltini Rajesh payal rai released
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ श्रावन १६ आइतबार । पछिल्लो समय चर्चामा आएरहेका युवा गायक सुसन साम्सोहाङको ‘सोल्टीनी’लाई नेपाली गायन क्षेत्रका ‘बादशाह’ राजेशपायल राईले विमोचन गर्दै शुभकामना दिएका छन् ।
Susan Samsohang song Soltini Rajesh payal rai releasedगायक सुसनको महत्वकाक्षी एल्बम ‘सोल्टीनी’ विमोचन कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित भएका राजेशपायलले भने, ‘सुसनले त बिहे गरिसकेका होलान् तर, मैले गरेको छ्रैन । तैपनि उनको सोल्टीनीलाई धेरै–धेरै शुकामना छ ।’ एल्बमको नाम सोल्टीनी भएकाले यस्तो ठट्टा गरिएको हो । ‘सोल्टीनी’ गायक सुसनको दोस्रो एल्बम हो ।
सुसनको ‘सोल्टीनी’ लाई शनिबार राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा राजेशपायलको प्रमुख आतिथ्यमा चर्चित संगीतकार राजु सिंह, चर्चित गायक सत्यराज आचार्य, एमाले युवा नेता योगेश भट्टराई, हास्य कलाकार मनोज गजुरेललगायतले संयुक्त रुपमा विमोचन गरेका थिए ।
Susan Samsohang song Soltini Rajesh payal rai released (1)एल्बम लोकार्पणपछि ‘राई इज किङ’ गायक राजेशपायलले भने, ‘सुसन एकदमै राम्रो प्रतिभा भएका गायक हुन् । यो कुरा ‘सोल्टीनी’का गीतहरुले पुष्टि गर्छ ।’
सुसनको विमोचित एल्बमलाई समिक्षा गर्ने काम भने गायक सत्यराज आचार्यले गरेका थिए । सत्यराजले उनको स्वर पाश्र्व गायनमा सुहाउने बताए । त्यस्तै कार्यक्रममा अन्य अतिथीहरुलेपनि बोलेका थिए ।
सुसनले तीन वर्षअघि ‘सुसन’ नामक आधुनिक गीति एल्बम ल्याएका थिए । तर, त्यसअघि उनी लिम्बू भाषाका गायनमा चर्चित थिए । लिम्बू भाषा गायनमा आफ्नो छुट्टै पहिचान बनाएका सुसनले आफ्नो दोस्रो आधुनिक एल्बम ‘साल्टेनी’ सार्वजनिक गरेपछि भने, ‘यसअघिको एल्बमलाई खाशै मिडियामा ल्याउन सकिन । यसपटक भने सबैको साथ र सहयोगले यहााहरुसमक्ष उपस्थित भएको छु ।’ कार्यक्रममा सुसनले राजेशपायल, राजु सिंह र सत्यराजलाई ढाका टोपी ओढाइदिएर सम्मान गरेका थिए ।
Susan Samsohang song Soltini Rajesh payal rai released (3)सुसनको ‘सोल्टीनी’ लाई रुबुशा क्रियटिभ वर्कस्ले बजारमा ल्याएको हो, जसमा विभिन्न शैलीमा पााच गीत छन् । विशेषगरी पुर्वेली लोक तथा आधुनिक भाका समेटिएको ‘सोल्टीनी’ मा समावेश गीतको रचना नरेश भट्टराईले गरेका हुन् । त्यस्तै एल्बममा गाासौला आज बोल गीतमा शब्द तथा संगीत उत्तमजंग लिम्बुको रहेको छ भने ‘यो मिठो’ बोल गीतमा खेमराज गुरुङको शब्द तथा गायक सुसनकै संगीत रहेको छ । ‘बैशको बेला’ मा गीतमा सन्तोष मादेनको शब्द र विक्रम थापाको संगीत रहेको छ । एल्बमको एउटा गीतमा सुसनलार्य गायिका भुमा लिम्बुले साथ दिएकी छन् ।
Susan Samsohang song Soltini Rajesh payal rai released (3)कार्यक्रममा एल्वममको शीर्ष गीत ‘सोल्टिनी’ को म्युजिक भिडियो देखाइएको थियो । टेलिभिजन र युट्युबमा एकसाथ रिलिज गरिएको यस भिडियोलाई युगल पोमुले निर्देशन गरेका हुन् । मा नरेश भट्टराईको शब्द र हरि लम्सालको संगीत रहेको यस गीतको भिडियोमा पार्वती राई र धमेन्द्र आर्चाले अभिनय गरेका छन् । गीतअनुसार भिडियो निकै उत्कृष्ट बनेको छ । यस भिडियोलाई गायक रुकमान लिम्बूले आफ्नो रुबुशा क्रियटिभ वर्कस्को यु–ट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो ।

Soltini BY Susan Samsohang Limbu Feat. Prabati Rai / Dharmendra !! Offical Video

Soltini… (SOLTINI)
Singer:-Susan Samsohang Limbu
Lyrics :- Naresh Bhattarai
Music / Arrange :- Hari Lamsal
Audio :- Rubusha Creative Works
Actors :- Dharmendra/ Parbati
Choreographer :- Tenju Yonjan
MUA :- Lokesh Thapa
Camera :- Utsav Dahal
Edit :- Nishan Ghimire
Direction :- Yugal Pomo Limbu

प्रतिक्रिया