Rajesh payal rai A 4-year youngest fan Marriage desire
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ श्रावन १६ आइतबार । नेपाली साङ्गीतिक क्षेत्रका बादशाह गायक राजेश पायल राई युवा–युवतीदेखी बुढा–बुढी र केटाकेटीहरुमाझ लोकप्रिय अनी सदाबहार छन् । उनको फ्यानहरुका बारेमा कुरा गर्नुपर्दा विशेष गरी युवतीहरु धेरै रहेका छन्, किनभने राजेश अहिले सम्म अविवाहित नै रहेका छन् ।
राजेश पायलका युवती फ्यानहरुको धेरैको चाहाना उनीसंग विबाह गर्ने होला । तर गायक राजेश पायललाई ४ वर्षिया एक बालिका फ्यानले ठुलो भएपछी विवाह गर्ने बताएका छन् । जिज्ञाशा भट्टराईले कोसंग विबाह गर्ने बताउदा उनले तोते बोलिमा राजेश पायल राई भनेर सो प्रितिक्रियाको जवाफ दिएकी छिन् । जिज्ञाशाको ठुलो भएपछी राजेश पायलसंग बिबाह गर्ने चाहना रहेको छ । यो बालिकाको भनाई फेसबुकमा गायक राजेश पायलले सियर गरेका छन् ।
बालबालिकाहरु माझपनि निकै लोकप्रिय रहेका राजेश पालयको एक बालिका फ्यानले यो भन्दा अगाडी आफु डाइहार्ट फ्यान रहेको कुरा फेसबुकमा आएको थियो ।
प्रतिक्रिया