Kirat Rai Filmmakers Association to take the congratulations and best wishes rajkumar rai
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ श्रावन १३ बिहिबार । किरात राई चलचित्रकर्मी संघको अध्यक्षमा केही दिन अगाडी केशब राई निर्विरोध निवार्चित भएका छन् । गत शनिबार राजधानीमा सम्पन्न संघको पाचौं वार्षिक साधारण सभाले केशब राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
केशब राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितिलाई चलचित्र विकाश बोर्ड अध्यक्ष राजकुमार राईले बधाई तथा शुभकामनाका साथै खादा लगाइदिएर सम्मान गरेका थिए । चावहिल स्थित विकाश बोर्ड हलमै नयाँ कार्यसमितिलाई बधाई दिदै आउने दिनहरुमा राम्रो काम गर्दै जानका लागी सल्लाह दिएका थिए ।
त्यस्तै बोर्ड अध्यक्ष राजकुमारलाई किरात राई चलचित्रकर्मी संघको नव नियुक्त अध्यक्ष केशब राईले आफ्नो भावी योजनाहरुका बारेमा कुरा राख्दै सहयोग र सल्लाहको अपेक्षा राखेका थिए ।
नया कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा युवराज विरबहादुर, उपाध्यक्षमा पुख्राजित राई, महासचिवमा सुमन बाङदेल, सचिवमा ज्योति राई बान्तावा र कोषाध्यक्षमा रविना खालिङ निर्वाचित भएका छन् । सदश्यहरुमा क्रमश : केदार राई, मनोज राई, पशुपति राई, किरण राई, विशाल राई लगायत गरी ९ जना सदश्यहरु रहेका छन् । संघमा अहिलेसम्म १२ भाषीहरुको सहभागिता रहेको छ ।
प्रतिक्रिया