Nischal Basnet Swastima Khadka Chhulthim Gurung and Binod Paudel Pizza World Opening
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७३ श्रावन ११ मंगलबार । काठमाडौको बौद्ध पिपलबोट नजिकै रहेको ‘पिज्जा वल्र्ड रेस्टुरेन्ट’को उद्घाटन चर्चित निर्देशक निश्चल बस्नेत, उनकी श्रीमती चर्चित म्युजिक भिडियो मोडल स्वस्तिमा खड्का, अभिनेत्री छुल्ठिम गुरुङ र मोडल विनोद पौडेलले गरेका छन् ।
संयुक्त रुपमा रिवन काट्दै पिज्जा वल्र्डको औपचारिक रुपमा उदघाटन गरेका थिए । जहा निर्माता तथा हास्य अभिनेता दीपकराज गिरि, निर्माता अनिल योन्जनसंगै मिडियाकर्मी पनि उपस्थित थिए ।
९९ रुपैयामा उपलब्ध हुने पिज्जा यो रेस्टुेरन्टको आकर्षको केन्द्रविन्दु रहेको छ । बौद्धको पिपलबोट नजिकै रहेको पिज्जा वल्ड ग्राहकहरुका लागी उपयुक्त स्थान बन्न सक्छ । उपस्थित कलाकारहरुले पिज्जा सहितका अन्य परिकार चाखेपछी उपस्थित सबैले परिकारको तारिफ गरेका थिए । विशेष गरि मोमो र चाउमिन झै पिज्जालाई पनि खाजाको रुपमा सहज बनाउन यसको सुरुवात गरिएको रेस्टुेरन्ट सञ्चालकले जानकारी गराए ।
यो रेस्टेरेन्ट विस्तारै ग्राहकको माग अनुसार काठमाडौका विभिन्न स्थानहरु ब्रान्चको रुपमा खोलिने समेत रेस्टुेरन्ट सञ्चालकले बताए । अहिलेका लागी ‘पिज्जा वल्र्ड रेस्टुरेन्ट’ले होम डेलिभरीको ब्यावस्था चावहिल समेत गरेका छन् । ग्राहकको बढ्दो माग भएको खण्डमा काडमाडौ भरी नै होम डेलिभरीको ब्यावस्था समेत गरिने बताए ।
प्रतिक्रिया