Bisal Chautari Logo

कतारमा पाच नेपालि कामदारको मृत्यु

- २९ असार २०७०, शनिबार ०५:१६ मा प्रकाशित


विशाल चौतारी सम्वादतादा
असार २९ दोहा ।  कतारमा नेपालि कामदार पाच  जनाको मृत्यु भएको छ । कतारस्थित लुसेल सिटीमा बस पर्खिरहेका कामदारहरूलाई चार पांग्रेु सवारीले ठक्कर दिँदा शुक्रबार दिउँसो पाँच नेपालीको मृत्यु भएको छ, भने एक घाइते भएका छन् । दुर्घटनामा एक भारतीय नागरिकको पनि ज्यान गएको थियो ।

आफ्नो काम सकेर क्याम्प र्फकन कार्यरत कम्पनीको बस पर्खिरहेका बेला चार पाङ्ग्रे सवारी साधनले ठक्कर दिएको थियो । उक्त सिटीमा भव्य सुविधाजनक सहर निर्माणाधीन छ ।
मृतकको शव हमाद अस्पतालमा राखिएको छ । नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा बर्दियाका पटवरी चौधरी, रौतहटको कटहरिया(७ विवेकानन्द साह, महोत्तरीको गौशाला(८ का रामचन्द्र महतो, गोर्खाका अर्जुन गौतम र बर्दियाका आशाराम थारू छन् । मृत्यु हुने सबै २० देखि ३० वर्षका छन् । दुर्घटनामा बर्दियाका आइतबरी चौधरीको खुट्टा भाँचिएको छ । उनको सफल उपचार भएको छ ।
उनीहरूमध्ये तीनको घटनास्थलमै र दुईको हमाद अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो । गाडी चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ । पटवरी, अर्जुन, आशाराम स्थानीय सादिया मेन्टिनेन्स एन्ड क्लिनिङ तथा विवेक र रामचन्द्र स्विडेन ट्ेरडिङ एन्ड कन्ट्रयाक्टिङ कम्पनीमा काम गर्थे । उनीहरू सबै एक महिनाअघि इमास्को म्यानपावरबाट कतार गएका बुझिएको छ । काम सकेर सडकछेउमा गाडी पर्खेर बसिरहेका बेला एक्कासि गाडि अनियन्त्रित भएर हामिसंग ठोकिन पुग्यो ।
कतारमा सडक दुर्घटना अत्यधिक हुने गर्छ । एक महिनाअघि पनि तीन नेपालीले सडक दुर्घटनामा ज्यान गुमाएका थिए । जुनमा मात्र १८ नेपालीको मृत्यु वैदेशिक रोजगारीमा कतार आइपुगेका १८ नेपाली कामदारको जुन महिनामा मृत्यु भएको छ ।
मृतक सबैको शव नेपाल पठाइसकिएको छ । सडकमा आवतजावत क्रममा ट्राफिक नियम पालना गर्न र गर्मीको समयमा पानी बारम्बार पिउन दूतावासले अनुरोध गर्दै आएको छ ।

प्रतिक्रिया