Gouri Maya Sauden uk artise of the years 2016 award
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ श्रावन ७ शुक्रबार । गायिका गौरिमाया साउदेन वानेमलाई ‘युके आर्टिष्ट अफ दी ईयर्स २०१६’ अवार्ड प्रदान गरिएको छ । गायीका गौरिमाया साउदेन वानेमले याक्थुङ चुम्लुङ बेलायतलाई कला र संस्कृतिका क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै याक्थुङ चुम्लुङ बेलायत आर्टिष्ट अफ द ईयर्स २०१६ को अवार्ड प्रदान गरिएको छ । गायीका गौरिमायाले केही महिना अगाडी स्मिृती एल्बम ल्याएकी थिईन् ।
याक्थुङ चुम्लुङ बेलायतले सिसेक्पा तङ्नाम र विविध लिम्बु संस्कृतिका साथ भव्य रुपमा मनाएको छ । लण्डनको फेल्थाम कम्युनिटी स्कुलको खेल मैदानमा आयोजित उक्त कार्यक्रम प्रत्येक साल जस्तै यस्ता कार्यक्रम गर्दै आएको छ । हरेक बर्ष मनाईने कार्यक्रममा चुम्लुङ अवार्डहरु समेत दिने गरेको छ । उनीहरुले चुम्लुङ अवार्ड यलम्बर हाङ अवार्ड र आर्टिष्ट अफ द ईयर्स अवार्ड मुख्य अवार्डका रुपमा वितरण गर्दै आएका छन् ।
प्रतिक्रिया