Bisal Chautari Logo

गायक, संगीतकार राकेश किराँती म्यु्जिक भिडियो निर्देशनमा ब्यास्त

- ६ श्रावण २०७३, बिहीबार ०८:१० मा प्रकाशित


rakesh kirati music videi director
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ श्रावन ६ बिहिबार । गायक तथा संगितकार राकेश किराँती पछिल्लो समय गीत गाउन र संगति गर्न भन्दा बढी म्युजिक भिडियो निर्देशनमा बेस्त रहेका छन् । पुर्बमा बन्ने म्युजिक भिडियो निर्देशकहरुको नाममा राकेशको नामपनि अग्रपंक्तीमा आउँछ ।
rakesh kirati music videi directorयसै हप्ता मात्र किरातिले ६वटा भिडियो शुट गरेर पुर्बमा रेकर्ड ब्रेक गरेका छन् । ६ वटा भिडियोको काम सकेर पनि हालै एउटा गीत सार्वजनिक गरेका छन् । उक्त गीतको भिडियोमा पुर्बको सुन्दर नगरी धरान र धरान आसपासका प्राकृतिक मनोरमले भरिपुर्ण दृश्यहरु हेर्न सकिन्छ । किरातीकै संगितमा पछिल्लो समयमा ‘स्टेज किङ’ नामले चिनिदै आएका गायक तथा संगीतकार बिनोद खम्बुले गाएको गीत सार्वजनिक भएको छ । ‘ओबानोमा खस्ने मन’ गीतको शब्द सिक्किमका गीतकार चन्द्र राईले कोरेका हुन् ।
किरातीको निर्देशन रहेको यो भिडियोमा राजन मिभाक, इष्मी नेम्बाङ र निम्लामु शेर्पालाई फिचरिङ गरिएको छ । भिडियोलाइ बुद्ध थापाले सम्पादन गरेका हुन भने छायांकन श्रीकुमार साम्पाङले गरेका छन् ।

प्रतिक्रिया