Bisal Chautari Logo

विराजको धमाकेदार एक्सन ‘जय परशुराम’को ट्रेलरमा || निशासंग रोमान्स (ट्रेलर,गीत सार्वजनिक)

- ५ श्रावण २०७३, बुधबार १६:२७ मा प्रकाशित


JAI PARSHURAM Trailer Ft. Biraj Bhatta, Nisha Adhikari and Rabin Tamang 
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ श्रावन ५ बुधबार । ५ वर्षपछि चर्चित अभिनेता विराज भट्ट चलचित्र ‘जय परशुराम’ मार्फत चलचित्र पुन: नेपाली चलचित्रमा फर्किएका छन् । सोही चलचित्रको निर्माणपक्षले अभिनेता विराजलाई सुपरस्टारको कमब्याक भन्दै ‘जय परशुराम’को ट्रेलर तथा गीत सार्वजनिक गरेको छ ।
JAI PARSHURAM Trailer Ft. Biraj Bhatta, Nisha Adhikari and Rabin Tamangनिर्माता रोज राणाले पहिलो पटक निर्देशन गरेको यो चलचित्रमा विराज प्रहरी अफिसर्सको भूमिकामा देखिएका छन् । तराइमा हुने गुण्डागर्दी र सच्चा प्रहरीको कथामा यो चलचित्र बनेको काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
JAI PARSHURAM Trailer Ft. Biraj Bhattaअभिनेता विराज भट्टले चलचित्र राम्रो बनेको भन्दै दर्शकको मायाको अपेक्षा गरे । अभिनेत्री निशा अधिकारीले पनि चलचित्र राम्रो बनेको भन्दै दर्शकले मन पराउनेमा ढुक्क रहेको बताइन् । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले चलचित्रले इनिसियल व्यापार गर्नेमा ढुक्क रहेको बताए । निर्देशक रोज राणाले आफूले पनि केही बर्ष विश्राम लिएर यो क्षेत्रमा फर्किएको भन्दै दर्शकले मसलेदार चलचित्र खोजेकाले ‘जय परशुराम’ बनाएको बताए ।
JAI PARSHURAM Trailer Ft. Nisha Adhikariरविन तामाङ यो चलचित्रमा खल(नायकको भूमिकामा देखिएका छन् । चलचित्रमा एनवी महर्जनको एक्सन, बसन्त श्रेष्ठ र रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीको छायांकन, महेश खड्काको संगीत छ ।

JAI PARSHURAM Trailer Ft. rose rana

JAI PARSHURAM Official Trailer Ft. Biraj Bhatta, Nisha Adhikari, Rabin Tamang 2016 4K

Starring: Biraj Bhatta, Rabin Tamang, Nisha Adhikari
Co-producer: Milan Shrestha/Kumar Basnet/Rupak Rana, Rupam Rana
Excuative Producer: Upama KC
Writer: Mauntaa Shrestha
Action: NB Maharjan
Cinematography: Rameshwor Karki
Music: Mahesh Khadka
Editor: Subash Devkota
Production Manager: Krishna Koirala
Choreography: Basanta Shrestha/Ramji Lamichhane
Trailer Mixing: Uttam Neupane
Backgraound Score: Iman Shah
Theatrical Trailer: Shahil Khan
Color Grading: Renish Paago
VFX: Satyam Rana
Directed by Rose Rana

प्रतिक्रिया