Bisal Chautari Logo

‘इनास अवार्ड’मा डेनीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ दिइदै || सिक्किममा फिल्म अवार्ड हुने

- ४ श्रावण २०७३, मंगलवार १६:५९ मा प्रकाशित


Danny Denzongpa live time achievement inas film award in sikkim
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ श्रावन ४ मंगलबार । यस बर्षको ‘इनास अवार्ड’ सिक्किममा हुने भएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिक्किममा सय बढी कलाकार र पत्रकारको उपस्थितीमा अवार्ड आयोजना हुन लागेको जानकारी गराइयो ।
Danny Denzongpa live time achievement inas film award in sikkimकार्यक्रमको पर्यटनमन्त्री आनन्दप्रसाद पोख्रेलले उद्घाटन गरे । सिक्किमको चलचित्र विकास बोर्डको अध्यक्ष समेत रहेका कलाकार उत्तम प्रधानको उपस्थितीमा नोभेम्बरको पहिलो साता अवार्ड आयोजना हुने गरि २ पक्षविच संझौता भयो ।
चौथो संकरणको अवार्डमा बलिउड चलचित्रका चर्चित कलाकार डेनी डेन्जोङपालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिनेछ । सिक्किमको गान्टोकमा जन्मिएका डेनीले बलिउडका सफल चलचित्रमा अभिनय गरेका छन् । कार्यक्रममा इनास नेपालकी सदस्य समेत रहेकी गायिका इन्दिरा जोशीको जन्मदिनको अवसरमा केक पनि काटिएको थियो । इन्दिराले कार्यक्रममा गीत पनि गाइन् । कार्यक्रममा इनास ग्लोबल अध्यक्ष पुष्प बडुवाल पनि उपस्थित थिए । यसका साथै कार्यक्रममा चलचित्र क्षेत्रका चर्चित हस्तीहरु पनि उपस्थित थिए । यसपटक १५ बढी विधामा अवार्ड प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया