Bisal Chautari Logo

अस्मिता बनिन् मिस टिन प्लस टु – २०१६

- २४ असार २०७३, शुक्रबार १२:३० मा प्रकाशित


miss teen plus 2 – 2016 Asmeeta Sotee winner
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ अषाढ २४ शुक्रबार । एक महिना लामो जीवन र आत्मविश्वास एवं व्यत्तित्व विकासपयोगी विभिन्न प्रशिक्षण र तालिमपश्चात अन्तिम स्पर्धामा उत्रिएका प्लस टुमा अध्ययनरत किशोरीहरुबिच राजधानीमा सम्पन्न प्रतियोगितामा अस्मिता सोती दोस्रो मिस टिन प्लस टुको उपाधि चुमेकी छिन्।
miss teen plus 2 Asmeeta Sotee winnerस्टार वन इन्टरटेनमेन्टले राजधानीका विभिन्न प्लस टु कलेजमा अध्ययनरत छात्राहरुको व्यक्तित्व र आत्मविश्वास एवं भविष्यको मार्ग निर्धारणका लागि काठमाडौंको जमलसिथ्त राष्ट्रिय नाचघरमा आयोजना गरेको दोस्रो संस्करणको मिस टिन प्लस टुमा अस्मिता भ्युवर्स च्वाईस र वेष्ट पर्सनालिटीको उप उपाधिका साथ प्रमुख उपाधिको विजेता भएकी हुन्। कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा भएको प्रतियोगितामा प्रशंषा हमाल वेष्ट सिंगर र फेसबुक च्वाईसका साथ फष्ट, सिर्जु निरौला मष्ट डिजर्भिङका साथ सकेण्ड र अलिशा बस्नेत मष्ट फोटोजेनिकका साथ थर्ड रनर्सअप भएका छन्। संगीत र नृत्यजस्ता विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा रक्षा अर्याल मष्ट पर्पेmक्ट र मष्ट पपुलर, जोसना श्रेष्ठ मिस क्याटवक, इमा लामा सोसियल्ली रेस्पोन्सिबल, सेलिना कोइराला व्युटी विथ पर्पस, उरुषा शर्मा मिस ट्यालेन्ट, अनुराधा पंगेनी वेष्ट स्माइल, नजमा कपाली वेष्ट हेयर, अलिना श्रेष्ठ वेष्ट स्कीन भएका थिए।
अभिनेता विष्णु रिजाल, प्याब्सनकी उपाध्यक्ष दीपीका रिमाल थापा, बैंक अधिकृत अनिता प्रधान, द्धन्द्ध निर्देशक चन्द्र पन्त, शिक्षाविद् एलएन उपाध्याय र संगीतकार तथा साहित्यकार सरोज प्याकुरेलको निर्णायक मण्डलको मूल्यांकनबाट प्रतियोगितामा निरु पोखरेल वेष्ट डिसिप्लेन, सपना गुरुङ वेष्ट स्पीच र मष्ट चार्मिङ, मनिषा सञ्जेल वेष्ट फिजीक, अम्बिका कार्की मष्ट फिटनेस, पुष्पालता कार्की मष्ट फ्रेण्डली, सिमरन श्रेष्ठ मिस कन्जिनियालिटी, अलीना श्रेष्ठ फेशन आईकन, आशिका श्रेष्ठ मष्ट एक्टिभ, पुनम श्रेष्ठ सोसियल वेलफेयर एम्बेसडर, सुष्मिता खड्का मष्ट पोजेटिभ एटिट्युड र सहनशिला श्रेष्ठ युथ विथ रेस्पोन्सिबिलीटी चुनिएका छन।

प्रतिक्रिया