Bisal Chautari Logo

युक्रेनकी अभिनेत्री नले सभिचेन्को क्ल्मेन शुक्रबार नेपाल आउने

- ४ श्रावण २०७०, शुक्रबार ०५:५० मा प्रकाशित


४ साउन, काठमाडौ । नेपाल चलचित्र विकास कम्पनीको आयोजनामा साउन ५ र ६ गते आयोजना हुन लागेको एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारका लागि युक्रेनकी अभिनेत्री नले सभिचेन्को क्ल्मेन शुक्रबार नेपाल आउने भएको आयोजकले बताएको छ ।

शुक्रवार बिहान साढे ८ बजे उनी त्रिभुवन बिमानस्थलमा आइपुग्नेपनि खुलाईएको छ । ५६ बषिर्या यि अभिनेत्री लुथानिया देशकी हुन् ।
अभिनेत्री नले सभिचेन्को क्ल्मेनले थुप्रै युक्रेनका चलचित्रहरु खेलिसकेकी छिन् । उनी २६ तारिखमा नेपाल भ्रमण सकेर र्फकने आयोजकले जनाएको छ ।

प्रतिक्रिया