Prime Minister KP Sharma Oli to praises Anmol kc – FAAN AWARD 2072
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ अषाढ १९ आइतबार । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पुस्ताको चर्चित अभिनेता अनमोल केसीको तारिफ गरेका छन् ।
‘फान अवार्ड’मा प्रमुख अतिथी बनेर पुगेका प्रधानमन्त्री केपी शर्मा ओली अनमोलको बारेमा बोल्दै कला क्षेत्रमा त्यती छिटो उकालो चढ्ना सजिलो नभएको बताउदै भने‘–तर अनमोल केसीले चढेको उकालो र, छोएको उचाइ प्रसंशनिय छ । अनमोल केसी भनेपछी नयाँ पिडीँमा बर्तै आकर्षित देखिन्छ’, प्रधानमन्त्री ओली थप्दै भने ।
प्रधानमन्त्रीले अनमोलको बारेमा यसरी तारिफ गरिरहदा अवार्ड हल तालिले गुञ्जिएको थियो । उता अभिनेता अनमोल केसी भने प्रधानमन्त्रीले आफ्नो बारेमा बोलेको उनलेपनि हासो रोकिरहन सकेनन् ।
‘फान अवार्ड’ समारोहमा अभिनेता अनमोल केसीलाई हिरो अफ दि ईएर उपाधी सहित सम्मानन गरिएको थियो । उनी आफ्ना हजुरबुबासँग पुगेका थिए । अनमोलले दौरा सुरुवाल लगाएर कार्यक्रममा पुगेका थिए । अनमोल नेपाली चलचित्र क्षेत्रका एक मात्र सुपरस्टार हुन् जसको नामले नै चलचित्र चल्ने गरेको छ ।
प्रतिक्रिया