LAAL JOODEE movie song Aaja Ta Kya Beauty ft. Rajani KC
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ अषाढ १४ मंगलबार । सामाजिक सञ्जालमा निकै चर्चामा रहदै आएको रंग पत्रकार लक्ष्मण सुवेदीको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘लालजोडी’को पहिलो भिडियो गीत सार्वजनिक गरिएको छ ।
पाश्र्व गायनका चर्चित गायक राजेश पायल राई र गायिका मनिषा पोख्रेलले गाएको ‘आज त क्या व्युटी’ बोलको गीतमा दीनेश सुवेदीको शब्द तथा टंक बुढाथोकीको संगीत रहेको छ ।
भदौ १७ गतेबाट रिलिजमा आउने चलचित्रको सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकारलाई देख्न सकिनेछ । त्यसमा पनि अभिनेत्री रजनी केसी स्कटमा निकै खुलेकी छिन् । उता ज्योती काफ्ले फरक–फरक गेटअपमा देखिएका छन् । गीतमा ज्योतीको प्रेम रजनी र आयुष्मा दुबैसग रोमान्सपुर्ण देखिएको छ । पूर्णतया कमेडी शैलीको यो चलचित्रमा ज्योती र रजनी केसीको साथमा आयुष्मा कार्की, वुद्धी तामाङ, पुरन थापा, किशोर भण्डारी, गोविन्द कोइराला लगायतका कलाकारको अभिनय छ ।
Artists: Jyoti Kafle, Rajani KC, Aayushma Karki, Buddhi Tamang, Puran Thapa, Kishwor Bhandari,Govinda Koirala etc.
Writer/Producer/Director: Laxman Subedi
Song’s Title: Aaja Ta Kya Beauty
Vocal: Rajesh Payal Rai and Manisha Pokharel
Lyrics: Dinesh Subedi
Music: Tanka Budhathoki
Arranger: Tanka Budhathoki
प्रतिक्रिया