Bisal Chautari Logo

एप्पल वल्र्ड मोबाइल प्रालिको अफर : एउटा मोबाइल किन्दा अर्को उपहारमा

- ९ असार २०७३, बिहीबार १६:५९ मा प्रकाशित


Aaple World mobile Dubbing offer ‎CTV Mobile‬ nepal
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ अषाढ ९ बिहिबार । एप्पल वल्र्ड मोबाइल प्रालिले एलजीको एल ६० मोडलको मोबाइल खरिद गर्दा अर्को सोही मोबाइल उपहार दिने योजना ल्याएको छ । आइतबारबाट लागु हुनेगरी चौधरी ग्रुपसागको सहकार्यमा एप्पल वल्र्ड मोबाइल प्रालिले ल्याएको योजना स्टक रहुन्जेलसम्म चल्ने कम्पनीले जनाएको छ ।
Aaple World mobile Dubbing offer ‎CTV Mobile‬ nepalएक किन्दा अर्को मोबाइल फ्रि मा उपलब्ध गराइने एल ६० मोडलमा थ्रिजी, वाइफाई, एन्ड्रोइड ४.४.२ किटकाट अपरेटिङ सिस्टम, डुअल कोर प्रोसेसर र ३२ जिबीसम्म स्टोरेज एक्सपान्ड गर्न सकिन्छ ।
नौ हजार नौ सय ९९ रुपैयाा पर्ने फोन किन्दा अर्को फोन सित्तैमा दिने व्यबस्था एप्पल वल्र्ड र यसका आउटलेटबाट मिलाइएको एप्पल वल्र्डका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।
दरबारमार्ग स्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल, सीटीभी मोबाइल ताम्राकार पसल नं १३, चाबहिलस्थित केएल टावरमा रहेको सीटीभी लिंक इलोक्ट्रोनिक्स पसल नं एफ २८, सुन्धाराको सीटीसी मलको चौथो तल्लामा रहेको द वल्र्ड भिजन पसल नं ५२७ बाट यो अफर लिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया