Bisal Chautari Logo

दर्चुलामा ससुरा बुहारीले राहत वितरण गरे ! को थिए तँ उनिहरु ?

- ९ श्रावण २०७०, बुधबार १२:४३ मा प्रकाशित


साउन, ९ दार्चुला । पूर्व राजा ज्ञानेन्द्र शाह र हिमानी ट्रष्टकी अध्यक्ष तथा बुहारी हिमानी शाहले स्थानीय प्रशासनको समन्वयमा  दार्चुला पुगि बाढी पीडितलाई राहत वितरण गरेका छन् ।
धनगढीबाट हेलिकप्टरमा दार्चुला पुगेका उनिहरुले असार–२ गते महाकाली नदीमा आएको बाढीले दार्चुला सदरमुकामका सयौं बासिन्दा घरबारबिहीन भएकाहरुलाई राहत वितरण गरिएको हिमानी ट्रस्टले जनाएको छ ।

हिमानी ट्रस्टले जम्मा गरेको राहत सामाग्रि पूर्वराजा शाह र ट्रस्टकी अध्यक्ष हिमानीले बाढीपीडतलाई खाद्यान्न, भाडाँकुडा, लुगाकपडा र क्षति भएका विद्यालयलाई नगद रुपैयाँ समेत प्रदान गरेका छन् । पूर्वराज शाह दार्चुला पुग्दा त्यहाँ जम्मा भएका सर्वसाधारणले नाराबाजी समेत गरेका थिए । बाढीपहिरो पीडित २ सय ६३ घरपरिवारलाई प्रति परिवार ४५ किलोग्राम चामल, भाँडाकुडा र लत्ताकपडा तथा प्राथमिक तहमा अध्यनरत एकहजार छात्रछात्राहरुलाई विद्यालय पोसाक, कापि–कलम र विष्कुट प्रदान गरिएको ट्रष्टले जनाएको छ ।
स्थानीय लटिनाथ प्राविलाई छाना मर्मत गर्न एकलाख ५० हजार, पूर्ण रुपमा क्षति भएको भगवती प्रावि मर्मतका लागि दुई लाख ५० हजार, कैलासपति निमाविलाई ५० हजार, जनज्योति प्राविलाई एकलाख ५० हजार र लटिनाथ उमाविलाई एकलाख नगद सहयोग गरेको पूर्वराजाका संवाद सचिव फणिराज पाठकले जानकारी दिएका छन् । राहत वितरण गरेपछि आजै ९ साउनमै पूर्वराज शाह धनगढी फकिएका छन् ।
११ साउनमा कैलालीको टीकापुर र १३ साउनमा महेन्द्रगरमा राहत वितरण गर्ने कार्यक्रम रहेको ट्रष्टले जानकारी दिएको छ ।

प्रतिक्रिया