Bisal Chautari Logo

दृष्टिबिहिन श्रृष्टीको कथामा ‘ब्लाइन्ड रक्स’ चलचित्र बन्ने, सृष्टिको भूमिका बेनिशाले निभाउने (भिडियो सहित)

- ६ असार २०७३, सोमबार १६:१५ मा प्रकाशित


Shristi kc story Blind Rocks movie ft benisha hamal & Najir husen
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७३ अषाढ ६ सोमबार । १६ बर्षको उमेरमा आएर डाक्टरको लापरवाहीका कारण आफ्ना दुबै आखा गुमाएकी भक्तपुरकी श्रृष्टि केसीको जीवनीमा आधारित रहेर चलचित्र ‘ब्लाईण्ड रक्स’ बन्ने भएको छ । अषाढ ६ गते सोमबार काठमाडौमा एक कार्यक्रमको आयोजना गर्दै ‘हासिया’ निर्देशक मिलन चाम्सले पछिल्लो बिग प्रोजेक्ट ‘वीर विक्रम’ रिलिज पहिले नै यो चलचित्रको निर्माण घोषणा गरे ।
Shristi kc story Blind Rocks movie ft benisha hamal & Najir husen१६ बर्षको उमेरमै आफ्ना दुबै आखा डाक्टरको लापरवाहीका कारण गुमाएपनि जीवनदेखि कहिल्लै हरेश खाइनन् । बरु, यो पीडालाई अवसरमा बदलिन् । श्रृष्ट दृष्टिबिहिन भएपछि एसएलसीमा प्रथम श्रेणी, इन्टर लेबलमा नेपाल टप, ब्याचलर लेबलमा नेपालीमा नेपाल टप भएकी छिन् । धेरै दृष्टि विहिन अनि शारिरिक अशक्तता भएकाहरुको लागी मात्र भएर सबै मानिसहरुका लागी प्रेरणाकी स्रोत बनेकी छिन् । उनले देश विदेशका विभिन्न कार्यक्रमहरुमा पुगेर आफ्नो प्रतिभा देखाउदै धेरैको मन जितेकी छिन् ।
चाम्स इन्टरटेन्मेन्ट र एन फिल्मस एन्ड क्रियसनको ब्यानरमा तयार हुन लागेको यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्दैछन् । चलचित्रमा निकेश लिम्बुको लगानी रहनेछ । नेपाल र भारतमा छायांकन हुने चलचित्रमा अर्पण थापा, वेनिशा हमाल, नाजिर हुसेन, गौरी मल्ल, प्रज्वल सुजल गिरी, शिशिर राना र दिपक गुरुङ प्याट्म्यानको अभिनय रहनेछ । श्रृष्टीको भूमिकामा नायिका वेनिशा हमाल देखिनेछिन् ।
Shristi kc story Blind Rocks movie ft benisha hamal & Najir husen (5)चलचित्रमा हरि लम्साल र ताराप्रकाश लिम्बुको संगीत, रामकुमार केसीको छायांकन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको नृत्य निर्देशन, यम थापाको कथा रहनेछ ।
Shristi kc story Blind Rocks movie ft benisha hamal & Najir husen (2)कार्यक्रममा बोल्दै अभिनेत्री वेनिशा हमालले चलचित्रमा काम गर्ने पक्का भएपछि आफ्नो काम श्रृष्टीको कथा पढ्ने र उनको प्रेरणात्मक कुराहरु सुन्ने भएको बताइन् । उनले यो चलचित्रमा काम गरुन्जेल अरुमा काम नगर्ने पनि बताइन् ।
Shristi kc story Blind Rocks movie ft benisha hamal & Najir husen (3)श्रृष्टीले आफूमाथि नै चलचित्र बन्न लागेकोमा खुशी लागेको बताइन् । बायोपिक चलचित्रमा काम गर्न पाउनु आफूहरुका लागि पनि अवसर भएको चलचित्रका कलाकारहरुको भनाई थियो । निर्देशक मिलन चाम्सले नै निर्देशन गरेको अर्को चलचित्र ‘वीर विक्रम’ भदौ ३ गतेबाट रिलिज हुदैछ ।

Shristi kc story Blind Rocks movie ft benisha hamal & Najir husen (4)

प्रतिक्रिया