Prem geet movie affected Jai Parshuram concept of the song
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ अषाढ ३ शुक्रबार । चलचित्र ‘प्रेम गीत’ को चर्चित गीत ‘म यस्तो गीत गाउछु’ बोलको गीत नसुन्ने कमै होलान् । यो गीतको भिडियो हेर्ने दर्शकको मानसपटलमा कलाकार, लोकशन र पहिरण ताजै हुनुपर्दछ । यही चर्चित गीतको उत्कृष्ट भिडियोसँग प्रभावित भएर अर्को एउटा नेपाली चलचित्रको सार्वजनिक हुन लागेको गीतको भिडियो तयार भएको छ ।
अभिनेत्री निशा अधिकारीले आफ्नो फेसबुकमा सार्वजनिक गरेको ‘जय पर्शुराम’ को गीतको तस्बिर भने ‘म यस्तो गीत गाउछु’ को एक दृश्यसाग दुरुस्तै मिल्न गएको देखिन्छ । अभिनेता विराज भट्टको कम ब्याक रहेको चलचित्र ‘जय पर्शुराम’को एउटा गीतको कन्सेप्ट, लोकेशन र पहिरण ‘प्रेम गीत’ फिल्मको ‘म यस्तो गीत गाउछु’ को जस्तै छ । ‘जय पर्शुराम’ को सार्वजनिक एक तस्बिरमा जंगलको बिचमा राखिएको पियानो, नायिकाले लगाएको सेता रङ्गको गाउन लगायत यावत वस्तुहरु उस्तै छन् । चलचित्र ‘प्रेम गीत’मा अभिनेत्री पुजा शर्माले लगाएको पहिरण चलचित्र ‘जय पर्शुराम’मा अभिनेत्री निशा अधिकारीले लगाएको जस्तो देखिन्छ ।
‘जय पर्शुराम’ का कोरियोग्राफर रामजी लामिछाने हुन् भने ‘प्रेम गीत’की कोरियोग्राफर रेनशा वान्तवा राई हुन् । लामिछानेको कन्सेप्ट राईको कन्सेप्टसँग संयोगवश मिल्न गएको हो या उनले जानाजान राईको कन्सेप्टलाई पुन: प्रयोग गर्न खोजेका हुन् ? त्यो उनै जानुन् । ‘जय पर्शुराम’को पुरै गीति भिडियो सार्वजनिक छैन । बाकी कत्तिको मिल्न गएको छ, त्यो भिडियो सार्वजनिक भएपछि नै पत्ता लाग्नेछ ।
प्रतिक्रिया