Bisal Chautari Logo

राजेश पायलले शुभकामना दिदै भिषणलाई भने ‘चामल बन्ने कौसिश गर्नु’ (भिडियो सहित)

- ३ असार २०७३, शुक्रबार ०४:१० मा प्रकाशित


Rajesh Payal Rai talking about Bhishan Mukarung album release
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७३ अषाढ २ बिहिबार । धेरै स्टेजमा गीत प्रस्तुत गर्दा मात्र देखिने राई इज किङ अर्थात राजेश पायल राई कुनै कार्यक्रममा अतिथीको रुपमा बसेर समिक्षा गरेको कमै पाइन्छ । तर गायक राजेश पायलले एक कार्यक्रममा भने अतिथीको रुपमा बसेर १२ मिनेट लामो समिक्षा गर्दै संगीतको बारेमा बोलेका छन् ।
Rajesh Payal Rai talking about Bhishan Mukarung album releaseप्रसंग हो, भिषण मुकारुङ राई र गीतकार अञ्जन किरातीको संयुक्त आधुनिक गीति एल्बम ‘एउटा सत्य’ सार्वजनिक कार्यक्रमको । गायक राजेश पायलले १२ मिनेट बढी बोल्दा दर्शक दिर्घामा बसेकाहरु मात्र नभएर स्टेजमा रहेका अन्य अतिथीहरुले समेत ताली बजाए ।
राजेश पायलले कार्यक्रममा बोल्दै भने ‘–म संगीत नसिकी गायन क्षेत्रमा आएको हो म । हाम्रो गाउघर किराती चलनमा चाही यसलाई भुइफुट्वा (धामी) भनिन्छ । तर तपाईहरुलाई थाहा छ, विजुवा धामी भुइफुट्वा बहुत खत्रा हुन्छ । सो भुइफुट्वा धामीले जस्तो सुकै विमारी भएपनि नाडी छामेपछी त्यो विमारी चट्टै निको हुन्छ । आज भिषण मुकारुङ त्यस्तै नछुङ बनेर हाम्रो गीत संगीतको नाडी छाम्न आएको छ । म शुभकामना दिन चाहान्छु, गायक राजेश पायलले बताए ।
Rajesh Payal Rai talking about Bhishan Mukarung album release-1राजेश पायलले थप्दै मान्छे भने ‘धान, चामल चाही बन्नु पर्ने बताए । भने‘–चामललाई दही मिसायो भने अक्षेतापनि बन्नु सक्नुहुन्छ, त्यही चामललाई दुध राख्नुभयो भने खिरपनि खान सक्नुहुन्छ । त्यसैले गायक भिषण मुकारुङलाई चामल बन्ने कौसिश गर्नु, मेरो शुभकामना ।’ ठट्यौ ली गर्दै राजेशले भने ‘अब संगीतकारपनि बनेको छ, तिम्रो संगीतमा गीत गाउने मौका मिलोस्, आसाबादी छु म ।’

माथीको भिडियो क्लिक गरेर हेर्नुहोला ।

प्रतिक्रिया