Bisal Chautari Logo

मृगौला पिडित निर्देशक शिवलाई नेपाल चलचित्र संघको १ लाख सहयोग

- ११ श्रावण २०७०, शुक्रबार ०३:३८ मा प्रकाशित


साउन, काठमाडौ । निर्देशक शिव रेग्मिको दुवै मृगौला फेल भएपछि उपचारार्थ रकम संकलन हुने क्रम जारी छ । नेपाल चलचित्र संघले निर्देशक रेग्मी लाई एक लाख रुपैयाँ उपलब्ध गराएको छ । संघले साउन १० गते चावहिलस्थीत ओम हस्पिटलमा पुगेर चलचित्र संघका महासचिव प्रदिप उदय, उपमहासचिव मधुसुदन प्रधान लगायतले चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण सहित उपस्थित उनिहरुले रेग्मीको स्वास्थ्यलाभको कामनापनि गरेका थिए ।

यसअघि चलचित्र विकास वोर्डले पाँच लाख रुपैयाँ र विदेशमा रहेका एक नेपालीले निर्देशक रेग्मीलाई पचास हजार नगद उपलब्ध गराएका थिए । निर्देशक रेग्मीलाई आफ्नै भाईले एउटा मृगौला प्रत्यारोपण गराउँदै छन् । प्रत्यारोपणको मिति आउने आइतबार टुङगो लाग्नेछ । निर्देशक रेग्मी नेपालि चलचित्र क्षेत्रमा एक समय सफल निर्देशकको रुपमा थिए । ए मेरो हजुर, सुख दु :ख, आफन्त, कहाँ भेटिएला निर्देशक रेग्मीको सुपरहिट फिल्महरु हुन् ।

प्रतिक्रिया