Bisal Chautari Logo

सबिना कर्कि यसरी ‘एटिएम’को पोस्टरमा अटाईनन् (भिडियोपनि)

- ११ श्रावण २०७०, शुक्रबार ०४:०२ मा प्रकाशित


काठमाडौ । लामो विवादको विच शुक्रवारबाट रिलिजमा आएको चलचित्र ‘एटिएम’कि अभिनेत्री सविना कार्कीको पेस्टरबाट फोटो हटाइएको छ । उनको फोटो सेन्सर बोर्डले भने हटाएको होईन, चलचित्र ‘एटीएम’कै निर्माण पक्षले हटाएका हुन् । आजबाट प्रशर्दनमा आएको यस चलचित्रको सहरमा टाँसिएको पोष्टरमा सविनाको तस्विर राखिएको छैन । पोष्टरमा निर्माता एवँ नायक दिनेश थापासहित एटिएमकी अर्की नायिका जिया केसी र सहनायिका सोनिया शर्मालाई मात्र राखिएको छ । ६ महिना अघि पहिलोपटक पोस्टर रिलिज हुँदा ‘एटीएम’को पोष्टरमा सविनालाई निकै महत्वका साथ राखिएको थियो । तर अहिले एउटा पोष्टरमा पनि सविनालाई ठाउँ दिइएको छैन किन तँ ? 
अभिनेत्री सविनाले ग्यामर नेपाललाई बताएका छन् कि धेरै आलोचना सहेको र आफ्नै मुख्य भूमिका रहेको चलचित्रको पोष्टरमा नअटाएकोमा पीडा लागेको बताएकी छिन । उनले भनिन ‘त्यति धेरै आलोचना खेपेकै चलचित्रको पोष्टरमा म किन अटाइन ?

‘एटीएम’को छायाँकन गर्नु अघि रिहर्सलमा बोलेको अश्लिल सम्वाद र दृश्यलाई सुटुक्क खिचेर थाहै नदिई यु ट्युवमा निर्माण पक्षले राखेकामा सविनाले असहमती जनाएकी थिइन । ‘सोही कारण निर्माण पक्षले रिसाएर पोष्टरमा मेरो फोटो नराखेको हुन सक्के सबिनाले अड्कल काट् ि। यद्धपी ‘पगां’, ‘छल’ र ‘गुड फ्रेन्ड’ प्रदर्शनको क्रममा रहेकोले ‘एटीएम’मा आफ्नो पोष्टर नराखेर कुनै घाटा नहुने उनको भनाई छ । निर्माण पक्षले भने राम्रो तस्विर नभएको कारण पोष्टरमा राख्न नसकिएको ग्यामर नेपाललाई बताएको छ ।

प्रतिक्रिया