rajesh payal rai and ram krishna opening World Connection Nepal
विशाल चौतारी समाचार
फोटो तथा भिडियो : बिशाल राई
काठमाडौ, २०७३ जेठ २९ शनिबार । अमेरीकामा विगत ४ वर्षदेखी टेक्नोलोजि क्षेत्रमा सेवा, सुविधा दिदै आएको ‘सुनम वारलेस’ अब नेपालमापनि शाखाको रुपमा विस्तर गर्दै हिजो महाराजगंज स्थित अमेरीकन एम्वेसी अगाडी नै ‘वल्ड कनेक्शन नेपाल’को उद्घाटन गरिएको छ । नेपाली अमेरीकन कलाकार संघ नर्थको केन्द्रिय अध्यक्ष समेत रहेका संगीतकार तथा गायक सुमन बुढामगरले खोलेको ‘वल्ड कनेक्शन नेपाल’को उद्घाटन चर्चित गायक राजेश पायल राई, रामकृष्ण ढकाल, बद्री पंगेनी, चर्चित गायिकाद्धय कोम ओली, सुनिता दुलाल र डोल्पा उद्योग बाणिज्य संघको अध्यक्ष लंकामान रोका मगरले गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै सुमन बुढामगरले ब्यापारसंगै अमेरीका जाने नेपालीहरुका लागी सेवापनि गर्ने बताए । त्यस्तै कार्यक्रममा चर्चित गायक राजेश पायल राईले सुमनलाई शुभकामना दिदै अमेरीका जस्तो कठिनै देशमा यो सेवाले अमेरीका जाने प्राय विद्यार्थीहरुलाई धेरै सेवा मिल्ने बताए । त्यस्तै अर्का चर्चित गायक रामकृष्ण ढकाल, चर्चित गायिका कोमल वली लगायत सबैले यो ब्यापारले अमेरीका जाने नेपालीहरुका लागी सेवा दिने बताए ।
‘वल्ड कनेक्शन नेपाल’ले अमेरीका जानेहरुका लागी नेपालबाटै फ्रि सिमको ब्यावस्ता गरिदिनेछ । जुन सेवाले अमेरीकाको एयरपोर्टबाट फोन गर्न सकिनेछ, अलपत्रमा पर्नेछैन । ‘वल्ड कनेक्शन नेपाल’ले अमेरीकाको टप मोवाइल कम्पनीहरुका सिमकार्डहरु नेपालबाटै उपलव्ध गराउनेछ । सथै क्यानडा, युरोप, युकेको पनि सिमकार्डको पनि ब्यास्ता रहेको छ । डिभी होल्डर र अमेरीकाको विद्यार्थीलाई मोवाइल किस्ताको ब्यावस्था गर्नेछ । सथै आइफोन, सामसुङ र अन्य ब्राण्डका मोवाइलहरु सस्तो मुल्यमा पाउने ‘वल्ड कनेक्शन नेपाल’का प्रोपाइटर सुमन बुढामगरले बताए ।
प्रतिक्रिया