Bisal Chautari Logo

विवाहित गायिकाको मृगतृष्णा सपनाको राजकुमार हरेक रात आउछ, मलाई माया गरेर जान्छ

- १२ श्रावण २०७०, शनिबार ०४:०१ मा प्रकाशित


विशालसंग लवस्टोरी संवाद्ध

रेखा शाह (गायिका)      
ब्रेकर :– शारीरिक रुपले विवाहित भए पनि मानसिक रपले अविवाहितै थिएँ, सायद । त्यसैले मेरो दिमागभित्र आफ्नै इच्छाअनुरुपको सपनाको राजकुमार खेलिरहन्थ्यो । त्यही राजकुमार वास्तविक जिन्दगीमा पनि हुँदो हो र उहीसँग सुहागरात मनाउन पाएको भए विवाहपछिका पलहर विशेष यादगार हुन्थे कि  रु  त्यसो त त्यो राजकुमार सपनामा चाहिँ हरेक रात अहिले पनि आई नै रहन्छ ।
मायाप्रेमको मामिलामा आफूलाई अभागी पाउछु म । ३५ वर्षकी भइसके । मायाप्रेम के हो, अहिलेसम्म अनुभूत गर्न पाएकी छैन । अब, भविष्यमा कसैसग लभ पर्‍यो भने भगवानै जानुन् । त्यसो त हाम्रो सामाजिक संरचनाले वैवाहिक सम्बन्धलाई पनि मायाप्रेमकै एउटा पक्ष मान्छ । म पनि विवाहित महिला हु । समाजको परिभाषालाई गलत भन्न सक्ने सामथ्र्य त मसग छैन तर भोगाइका आधारमा यसो चाहि पक्कै भन्न सक्छु– विवाह भनेको सम्झौता मात्र हो, मायाप्रेम यसबाट नितान्त पृथक रहेछ । बिहेमा सम्झौता र बन्धन मात्र हुन्छ । तर, प्रेमको सौन्दर्य नै अर्कै, न सम्झौता हुन्छ न त बन्धन ।

दुई प्रेमीप्रेमिकाबीच अन्तरात्माबाट प्रकट भएको प्रेमसम्बन्ध नि :स्वार्थ हुन्छ । र, हुनुपर्छ पनि त्यही ।  म त्यही विश्वास लिएर हिड्ने महिला हु । माया लाग्यो भन्दैमा कोही मेरो हुनैपर्छ भन्ने मलाई लाग्दैन । यदि मलाई पनि कसैले तिमी मेरी नै हुनुपर्छ भन्छ भने त्यो पनि माया होइन । त्यो त उही विवाहका लागि गरिने सम्झौताजस्तो मात्रै हुन पुग्छ ।
स्कुलमा छदा म उस्ती नराम्री थिइन रे  ?  धेरैले त राम्री भन्दै सौन्दर्यको तारिफै गर्थे । स्कुलमा राम्रो गीत गाउने केटीका रुपमा परिचित पनि थिए । किशोरावस्थामा अलिअलि पर्पोज गर्ने त भई नै हाल्छ । अब त स्कुल जीवन बिताएको पनि १९ वर्षभन्दा बढी भइसकेछ । त्यसैले ती पर्पाज अहिले याद छैनन् । आफू प्रेममा नपरेकाले पनि त्यस्तो भएको हुन सक्छ ।
२३–२४ वर्षको उमेरमा इन्द्र गुरुङसग बिहे भयो । ०५० सालतिर रेडियो नेपालमा लोकगीत कम्पिटिसनमा उहासग साधारणा परिचय भएको थियो । सिमसिमे पानीमा गीत गाएर त्यो बेला प्रथम भएकी थिए । अहिले लाग्छ– त्यो गीतमा जस्तै ममाथि पनि बैमान भएछ । मामाको साथी भएकाले उहालाई पनि मामा नै भनेर बोलाउथे । उमेर पनि मभन्दा दुई दशक जेठो । तर, उहाले मलाई प्रेमको नजरले हेर्नुभएछ । उहाँसँग विवाह होला भन्ने दस मनमा एक मन पनि थिएन ।
मेरो अहिलेको घर गोरखा हो भने माइतीचाहि धादिङ । मेरो जीवनमा पनि माइतीघरलाई पराई बनाउनुपर्ने स्थिति आयो एक दिन । बिहेको महत्त्व के हो भन्ने बुझेकै थिइन, कसैकी हुन पुगे । जन्म, विवाह र मृत्यु आफ्नो हातमा नहुने रहेछ । जीवन सम्झेर एउटा गीत याद आउछ  :
‘घाम डुब्दा छाया पनि आफ्नै साथमा हुन्न रैछ
लेखान्त नै रैछ जीवन आनो हातमा हुन्न रैछ ।’

यही गीतसग आफ्नो वैवाहिक जीवन मिलेको पाउछु । त्यति बेला हाम्रो तिर प्रेम गर्ने चलन थिएन । केटालाई मन परेपछि केटीको हात मागेर सिधै विवाह गर्ने । केटीले इन्कार गर्न सक्ने अवस्था पनि कहा थियो र ? त्यही चलनअनुसार उहा मेरो हात माग्न आउनुभयो । परिवारले दिई पनि हाल्यो । तर, त्यो दुई आत्माको मिलन नभएर एउटा सम्झौता मात्रै थियो । दुवै परिवार पहिल्यैदेखि परिचित भएकाले उहालाई माग्न सजिलो पनि भयो होला । ममी र हजुरबुबाले त अलि मान्नुभएको थिएन तर हजुरआमाले उहाको धन हेरेर मेरो सुखी जीवनका लागि भन्दै ओके गरिदिनुभएछ । त्यसको ३–४ महिनापछि ०५६ सालमा विवाह भयो । वनकालीमा गरिएको बिहेमा कति बेला मेरो सिउदोमा सिन्दूर हालियो, याद छैन । बाबाआमालाई छाडेर जानुपर्छ भन्ने हेक्कै थिएन । बच्चा बेलामा भाडाकुटी खेलेजस्तो मात्र ।
एक्कासि उहाँको घर पुग्दाको अवस्था भने पूरै अनौठो । ठूलो अनि लामो पोते घाँटीमा गह्रौँ भइरहेको थियो । सिन्दूरले सिउँदो चिलाएजस्तो । पूरै अस्पट लाग्दो अवस्था । यो बिहेमा दुई परिवारको सम्झौता मात्रै थियो, दुई आत्माको मिलन थिएन । त्यसैले होला, सुहागरातको अनुभव पनि भुलिसकिएछ । मीठो अनुभव भए त पक्कै याद हुन्थ्यो ।
शारीरिक रुपले विवाहित भए पनि मानसिक रपले अविवाहितै थिएँ, सायद । त्यसैले मेरो दिमागभित्र आफ्नै इच्छाअनुरुपको सपनाको राजकुमार खेलिरहन्थ्यो । त्यही राजकुमार वास्तविक जिन्दगीमा पनि हुँदो हो र उहीसँग सुहागरात मनाउन पाएको भए विवाहपछिका पलहर विशेष यादगार हुन्थे कि  रु  त्यसो त त्यो राजकुमार सपनामा चाहिँ हरेक रात अहिले पनि आई नै रहन्छ ।
विवाहको ११ महिनापछि छोरो जन्माएँ । अहिले ऊ तेह्र वर्षको भयो, सातमा पढ्छ । छोरा जन्मिएपछि जिम्मेवारी अझ बढ्दै गयो । तर, पनि म सधैँ पूरै सामान्य विचार बोकेर हिँड्ने महिला भने होइन । सधैँ गृहिणी बनेर भात पकाउने, लोग्नेले कमाएर ल्याएकोमा भर परेर बस्ने अनि छोराछोरी पढाउने काममा मात्र जीवनलाई सीमित राख्नु हुन्न भन्ने लाग्थ्यो । बच्चा जन्मिसकेपछि अलिअलि शरीर बिग्रियो । त्यसपछि समय मिलाएर म्युजिक क्लाससँगै अध्ययनलाई पनि अगाडि बढाएँ ।
जति गरे पनि विवाहपछिका दिनमा स्वतन्त्र त कहाँ हुन पाइयो र ? अझै पनि आफ्नो जिन्दगीको रिमोटकन्ट्रोल अर्काकै हातमा पाउँछु । विवाहित महिलालाई कहाँ गएर आएको, किन यति ढिला गरेको जस्ता प्रश्न बारम्बार प्रहार भइरहन्छन् । पर्सनल कुराहरको डिसिजन गर्न सक्ने अधिकार त आफैँलाई हुनुपर्छ नि  ?  पतिलाई सोध्न किन जरुरी ? विवाहपछिका दिनमा यी कुरा मलाई पटक्कै चित्त बुझेनन् । जसले मेरो जीवनलाई पूरै प्रभावित बनायो ।

उहाँ र मेरो विचार नमिल्ने भएकाले कहिलेकाहीँ झगडा पनि हुन्छ । कलाकारितामा लागेको मान्छे अलि कोमल हुन्छ, अन्य नर्मल मान्छेमा त्यो कमै पाइन्छ । उहाँमा पनि त्यो कोमलता पाउँदिनँ । मैले घरमा समय बिताइनँ भन्ने विषयले हामीबीच बढीजसो अगुल्टो झोसाझोस हुन्छ । तर, यो सामान्य डिसकसमै सीमित रहन्छ । किनकि म कोलाहल मन पराउँदिनँ । त्यस्तो अवस्था आयो कि फुत्त निस्किएर हिँडिहाल्छु । झगडापछि फकाउने अनि सम्झाउने मामिलमा चाहिँ उहाँ नै अगाडि हुनुुहुन्छ । झगडा परेपछि खासै बोलाइराख्ने चलन छैन मेरोचाहिँ । विवाहको केही वर्ष त पतिले माया नै गर्लान् । तर, मेरोचाहिँ बच्चा भइहालेकाले त्यो अनुभूति नै गर्न पाइनँ । हाम्रो अहिलेसम्मको सम्बन्धलाई विश्लेषण गर्दा यस्तो निष्कर्षमा पुग्छु– मागी विवाह एउटा शारीरिक सम्बन्धको सम्झौता मात्र रहेछ ।
त्यसैले म हरेक रात सपनाको राजकुमारलाई सपनामा पखिर्रहेको हुन्छु । साँझको मन्दमन्द बतासमा आएर ऊ मलाई काउकुती लगाउँछ । ठूलाठूला आँखा, चटक्क मिलाएको दाह्रीमा जेन्टल देखिन्छ ऊ । मेरो भावना बुझ्न सक्ने खुबी राख्छ । अर्को विशेषता ऊ साहित्यकार पनि हो । त्यसैले त कविताशैलीमा प्रेमका कुरा गरेर मलाई आनन्दित पार्छ । तर, ब्युँझँदा सब शून्य हुन्छ । यथार्थमा पनि उसलाई भेटें भने मजत्तिको भाग्यमानी अर कोही नहोला । समय बित्दै जाँदा जिन्दगीको कुनै मोडमा भेटिन्छ कि भन्ने आशा पनि लाग्छ । ऊसँग विवाह नै गर्नुपर्छ भन्ने पनि त छैन नि  ?
विवाहित भए पनि मलाई प्रेमप्रस्ताव त आई नै रहन्छन् । अनम्यारिडहरले नै बढी प्रस्ताव गर्छन् । मेरा पति र छोरा हुँदा पनि किन प्रस्ताव गरेका होलान्, सम्झेर छक्कै पर्छु कहिलेकाहीँ त । यी कुराहरलाई सकारात्मक रपमा लिन्छु । मेरो सौन्दर्य भन्दा पनि व्यक्तित्व मन पराएका होलान् । यो उमेरसम्म पनि खुलेर कसैलाई माया नपोखेकी मान्छे, मेरो माया पाउने मान्छे पनि भाग्यमानी होलाजस्तो पो लाग्छ मलाई त  ?  तर, समाजले के भन्ने हो, कौतूहलता पनि छ ।
प्रस्तुति  : विशाल राई      

के भन्छन् रेखाका श्रीमान्

गायिका रेखा शाहले आफ्नो वैवाहिक सम्बन्धप्रति असन्तुष्टि प्रकट गरे तापनि उनका ५५ वर्षीय श्रीमान् इन्द्र गुरुङ यस विषयमा खुल्न चाहेनन् । उनले आफूहरबीचको सम्बन्धमा कुनै तनाब नरहेको र सहज रपमा अघि बढिरहेको बताए । ‘हामीबीच सबै ठीकठाक चलिरहेको छ,’ गुरुङले सौर्यसित टेलिफोनमा भने । उनले रेखाप्रति अहिलेसम्म आफ्नो कुनै गुनासो पनि नरहेको उल्लेख गरे । ‘सामान्य ठाकठुक त कहिलेकाहीँ हरेक दम्पतीमा हुन्छ,’ गुरुङले भने, ‘कहिलेकाहीँ उहाँले भनेको सामान ल्याइदिएन भने रिसाउनुहुन्छ, त्यत्ति हो । हामीबीच गम्भीर मनमुटाब भएको छैन ।’
आफूहरबीचको उमेर अन्तरले कुनै असजिलो महसुस नगरेको उनको भनाइ छ । गुरुङले पटकपटक जोड दिएर भने, ‘हामीबीच सबै राम्रो चलिरहेको छ ।’ उनीहरका १३ वर्षीय छोरा पनौतीस्थित मल्पी स्कुलमा अध्ययनरत छन् । व्यापार–व्यवसायमा संलग्न गुरुङ पछिल्लो समय राजनीतिमा बढी सक्रिय छन् । उनी राष्ट्िरय प्रजातन्त्र पार्टीका तर्फबाट गोरखामा संविधानसभा चुनाव लडेका थिए ।

प्रतिक्रिया